कोहलपुर, मंसिर १५,

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगन्जमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बस्ने ४२ वर्षिय केशर बहादुर कुँवरको मृत्यु भएको हो । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको सु प्र प ०२००१ ख १२४७ नम्बरको यात्रु बाहक बसले शमशेरगन्ज स्थित नेपाली सेनाको ओभरी ब्यारेक नजिकै गए राति १२ः४७ बजे पदैल यात्रु कुँवरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका कुँवरलाई उपचारको लागि मेडिकल कलेज कोहलपुरमा लगिएकोमा उपचारको क्रममा १ बजे उनको मृत्यु भएको थियो । बस र बस चालकलाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.