कोहलपुर, मंसिर ११,

सामाजिक उत्तरदायित्व अन्र्तगत रोटाराक्ट क्लबले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी बाँकेको समन्वयमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको रोटाराक्ट क्लबले वृहत रक्तदान कार्यक्रम गरेको हो । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ क्लबले आयोजना गरेको रक्तदान चिसापानी मेडिकल कलेजमा भएको थियो । कार्यक्रममा करिब ४० जनाले रक्तदान गरेका प्रिन्स ठाकुरले जानकारी दिएका छन् ।

क्लबका सदस्य भावना महाराज, मनिषा भट्ट, लक्ष्मी विष्ट, चन्दन साह, सपना मौनी, निरज प्रसाद साह, सिमोन सुवेदी, शुभ प्रभात सिंह, आयुष्वि रिजाल, सोफला अधिकारी, सत्यम ठाकुर, प्रगति यादव, मीनू जोशीको स्वयमसेवकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा क्लबका सल्लाहकार डा. प्रज्ञा गौतम घिमिरे र अधक्ष्य साहरोज सिद्दिकी, कार्यक्रम संयोजक अजय नायक र सुरज पटेल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.