कोहलपुर, मंसिर ४,

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

बिहान चौरजहारी नगरपालिका–८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका सबै घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ चौरजहारी अस्पतालमा पुर्याएका २२ जना घाइतेको नाम दर्ता भएको र अझै विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो । चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको जीप दुर्घटना भएको हो ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published.