कोहलपुर, मंसिर ४,

स्नायु तथा मस्तिष्क सम्बन्धि रोगका दिनानु दिन बढ्दै गइरेहका छन । पछिल्लो समयमा अस्पतालहरुले यस रोगलाई अलग्गै विभाग बनाएर नै उपचारलाई प्रथामिक्ता दिन थालेको अवस्थामा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत न्युरो सर्जन डा. उपमा शर्मासँग ईआवाज डट कमले न्युरो रोगमा केन्द्रीत रहेर छोटो कुराकानी गरेको थियो ।

सबै भन्दा पहिले डाक्टर साब तपाईलाई ईआवाज डट कममा स्वागत छ ।

धेरै धेरै धन्यवाद ।

तपाई कोहलपुरमा अवस्थित नेपालगंज मेडिकल कलेजमा आउनु भएको कति समय भयो ?

म यहाँ आएको धेरै समय भएको छैन करिब १ महिना जति भयो । म विषेश गरि टाउको सम्बन्धिका बिरामीहरुलाई हेर्ने गरेकी छु । मैले अन्नपूर्ण न्युरोलोजीकल ईन्स्टिच्युट मार्फत आफ्नो अध्ययान पुरा गरेकी हुँ । अहिले नेपालगंज मेडिकल कलेज कोहलपुर र नेपालगंज दुवैलाई हेर्ने गरि हाम्रो टिम आएको छ । न्युरो तथा नशा रोग सम्बन्धि बिरामीलाई जुनसुकै समस्या भएका बिरामीको उपचारका लागि हामी तत्पर छौं ।

तपाई यस अस्पतालमा आईसके पछि न्युरो सम्बन्धिका बिरामीहरु त्था यहाँको उपचार सेवा कस्तो रहेको पाउँनु भयो ?

म यहाँ आउँदा न्युरो सम्बन्धिको उपचार हुँदैन की भन्ने जस्तो धेरैमा भ्रम रहेको छ । तर यहाँ पहिलेदेखि नै न्युरो सम्बन्धि अत्याधुनिक प्रविधि मार्फत उपचार हुँदै आएको हो । तर अब त झन हाम्रो न्युरोको टिम नै आएको छ दुई वटा मेडिकल हेर्नको लागि । सर्जन डाक्टरहरु यस अस्पतालमा उपलब्ध छन् । यता पश्चिम नेपालका नागरिकहरुले न्युरोको मात्रै नभई अन्य स्वास्थ्य सेवाका लागि धेरै दुःख पाएका छन् । कुनै पनि व्यक्तिको टाउकोमा चोक लाग्यो, वा कुनै पनि समस्या भयो भने समयमै उपचार गर्नुपर्छ समय निकै महत्वपूर्ण छ ।

हामीले न्युरो सम्बन्धिका धेरै समस्याहरुका बारेमा सुनेका छौं । खासमा न्युरो सम्बन्धि हुने समस्या तथा रोगहरु के के हुन् ?

न्युरो सम्बन्धि धेरै रोगहरु छन् । सबैभन्दा टाउकोमा देखिने समस्या भनेको त दुर्घटना नै हो । त्यसमध्य पनि सवारी दुर्घटना हो । त्यसपछि भन्ने हो भने चोटपटक लागेको अनि अरु कुनैपनि समस्या ट्युमर, क्यान्सर, मस्तिष्कघात, रगत जमेको पानी जमेको, नशाको समस्या धेरै वटा समस्या तथा रोगहरु छन् ।

धेरै किसिमका समस्या तथा रोगहरु आउँछन् भनेर भन्नुभयो । यस्ता समस्या तथा रोगहरु भएको व्यक्तिमा कस्तो खालको प्रभाव पर्छ ?

टाउको मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंग हो । पक्कै पनि नकारात्मक असर नै पर्छ । हाम्रो दिमागलाई हामीले जहिल्यै पनि सन्तुलित राख्न सक्नु पर्छ । हामीले बिग्रिसकेको गिद्धिको उपचार गर्ने होईन हामीले बाचिरहेको मान्छेलाई बचाउँने हो । त्यसैले समयमै चेकजाँच तथा उपचारको अर्काे विकल्प नै छैन । असरकै कुरा गर्ने हो भने उपचार पाएन भने बिरामीको ज्यान पनि जान सक्छ नी ।

अहिले पश्चिम नेपालमा न्युरो सम्बन्धिका बिरामीहरु तथा रोगकोे समस्या कुन अवस्थामा छ ?

न्युरो सम्बन्धिका बिरामी तथा यो रोगहरु संस्या यति छ की अस्पतालहरुले विभाग नै खडा गर्नुपर्ने अवस्था सृजना भएको छ । म कार्यरत यस अस्पतालले पनि न्युरोलोजी विभाग अन्र्तगत स्पेशल ब्रान्च नै राखेको छ । यस अस्पतालमा पनि न्युरो सम्बन्धिको रोगलाई गहिरोसँग हेर्ने र उपचार गर्ने विधिको शुरुवात भएको छ ।

आम मान्छेलाई यसबाट जोगिन के अपिल गर्न सकिन्छ ?

मूख्य भनेकै आफ्नो जीवनशैलीमा सुधार गर्ने । स्वस्थ खाना खाने । धुम्रपान, मद्यपानबाट टाढा रहने । तनाव व्यवस्थापनका उपाय अपनाउने । यदि प्रेसर, सुगर आदि जस्ता विमारी छ भने बेला बेलामा जचाएर जानकारी लिने आदि गरेमा पनि यसबाट जोगिन धेरै मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published.