कोहलपुर, मंसिर ३,

बाँकेको कोहलपुरमा रहेको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रेडियोलोजीको उपचारका लागि अब्बल बन्दै गएको छ ।

अस्पतालमा अब्बल चिकित्सकको टिम, पर्याप्त संरचना, पूर्वाधार र उपकरण हुँदा उपचार प्रकृया सहज भएको कार्यरत चिकित्सकहरु बताएका छन् । अस्पतालमा रेडियोलोजी मार्फत चेकजाँच तथा रोगहरुको पहिचान र उपचारका लागि विभिन्न जिल्लाहरुबाट समेत बिरामीको घुइँचो लाग्ने गरेको छ । अस्पतालमा पेट स्क्यान, थ्रिडी मेमोग्राम मेसिन, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण रहेको अस्पतालले जनाएकोे छ । बिरामीहरुका लागि कुनै समस्या नआओस र रोग पहिचानका लागि भौतारिन नपरोस भनेर उपकरण पर्याप्त राखिएको अस्पतालका प्रशासनले जनाएको छ ।

रेडियोलोजी सेवा अन्तरगत जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो संख्यामा बिरामी रिफर भएर आउने गरेका छन् । आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको संख्या पनि उत्तिकै छ । अस्पतालका निर्देशक प्रा.डा. रेशम बहादुर रानाका अनुसार विशिष्टकृत सेवासहित सबै खाले रोगको उपचार हुने भएपछि अन्य अस्पतालबाट सहज तथा सर्वसुलभ रेडियोलोजी सेवा दिदैं आएको बताएका छन् । यस अस्पतालमा रेडियोलोजीका माध्यमबाट रोग पहिचान र उपचार गरिदैं आएको छ । यहाँ भिडियो एक्सरे, एक्सरे, सिटि स्क्यान, ईमआरआई तथा ईईजी लगायतका सेवाहरु उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published.