कोहलपुर, मंसिर ३,

रोगलाग्नु भन्दा यसबाट बच्नु धेरै राम्रो हो । थोरै सावधानी अपनाउँदा धेरै ठुला ठूला रोग लाग्नबाट बच्न सक्छौं । नाक, कान, घाँटी रोगबाट बच्न तथा नाक, कान, घाँटीका समस्याहरु आएमा समयमै उपचार गर्नुपर्छ । नाक, कान, घाँटी रोगबाट सम्बिन्ध नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विषेशज्ञको उपचार हुँदै आएको छ । बाँकेको कोहलपुरमा रहेको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विषेशज्ञ सहित नाक, कान तथा घाँटीको सफल उपचार हुँदै आएको छ । विगत लामो समय देखि नै नाक कान घाँटी सम्बन्धिका धेरै रोगहरुको सफलताका साथ उपचार हुँदै आएको हो । बाँके मात्रै नभई नेपालका ३ प्रदेशका बिरामीहरु नाक कान घाँटीका समस्या लिएर यस अस्पतालमा आउने गरेका छन् । नाक, कान घाँटीको मात्रै नभई फोक्सोमा विभिन्न अड्किएका खानेकुराहरु सफलताका साथ निकालिएको नाक, कान तथा घाँटी रोग विभागका प्रमुख ढुण्डिराज पौडेलले बताए ।

कानदुख्ने, कानमा घाउ आउने, कानमा पिप्प आउने, जाली फुटेका बिरामीहरु इस अस्पतालमा दैनिक आउने गरेका छन् । यस्ता बिरामीको सामान्य उपचारदेखि सफलताका साथ शल्यक्रिया गरिर्दैं आएको छ । नाक बन्द हुने, धेरै हाच्छ्युँ आउने, नाथ्री फुट्ने, नाकबाट रगत आउँने, नाकमा मासु पलाउने, सास फेर्न समस्या हुने, गन्ध थाहा नपाउने लगायतका रोगहरुको यस अस्पतालमा चेकजाँच तथा उपचार हुँदै आएको छ । यस्तै घाँटीमा टन्सील आउने, घाँटी दुख्ने, लगायतका रोगको उपपचार हुँदै आएको नाक, कान, घाँटी रोग विषेशज्ञ डा. सुवास चन्द्र महासेठले बताए । कानको रोगमा कानै नसुन्ने हुन सक्छ । कानबाट माथि इफेक्शन भएर ब्रेनमा पनि जान सक्छ । नाकको रोगमा धेरै रगत जाने हुन सक्छ । नाकमा मासु पलाएको अवस्थामा नाकको नजिकै आँखा, ब्रेन हुन्छ त्यो त्यताजान सक्छ । घाँटीको रोगमा टन्सीलहरु भइरहेमा मुटुमा पनि असर पु¥याउन सक्छ । त्यसैले नाक, कान, घाँटीको रोगलाई सामान्य ठानेर हेलचक्राई गर्नु हुँदैन । यस्तै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा न्युरो सम्बन्धिको गुणस्तरिय तथा भरपर्दाै सेवा सुचारु भईरहेको छ । अत्याधुनिक मेसिनद्धारा सिटि स्क्यान तथा एमआरआई मार्फत चेकजाँच गरि न्युरो सेवा दिईदै आएको छ । अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइट साइन्स माइतिघर काठमाण्डौ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको समन्वयमा अन्नपूर्ण न्यूरोलोजिकलका पूर्व कार्यरत कन्सल्टेन्ट, न्युरोसर्जन तथा चिकित्सकहरूद्वाराप्रदान हुँदै आएको हो ।

न्युरो सम्बन्धिको उपचार सेवा पूर्णकालिन रूपमा यहि मिति २०८० साल, कार्तिक १५ गतेदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगंजमा सुचारु भएको छ । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा सिटिस्क्यान, एमआरआईसहित आवश्यक उपकरण जडान गरिएका छन् । अस्पतालमा न्यूरो सम्बन्धिका बिरामीहरुको जटिल अवस्था आएके खण्डमा शल्यक्रिया समेत गर्न सकिने अस्पतालमा कार्यरत न्युरो सर्जन डा. उपमा शर्माले बताईन् । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर न्यूरो सर्जरी सम्बन्धि उपचारको लागि भरपर्दो गन्तव्य बनेको छ । न्युरो सर्जरी विशेषज्ञबाट न्युरो सर्जरी सम्बन्धित सम्पुर्ण उपचार यस अस्पतालमा उपलब्ध रहेको छ । अस्पतालमा न्यूरो सर्जरी सम्बन्धि टाउको, दिमाग, मेरुदण्ड अप्रेशन विशेषज्ञ सेवा सञ्चालित छ । यस्ता स्वास्थ्य सम्बन्धि समस्या भएका बिरामीहरुको यस अस्पतालमा न्यूरो सर्जरी सम्बन्धि बिशेषज्ञ चिकित्सकसहित उपचार हुँदै आएको डा. शर्माले बताईन् ।

यस अस्पतालमा सम्पुर्ण स्वास्थ्य समस्या भएका बिरामीहरुको चेकजाँच तथा उपचार हुँदै आएको छ । यस अस्पतालले यहाँका धेरै न्युरो सम्बन्धिका बिरामीहरुलाई सहज तथा सुलभ सेवा दिदैं आएको छ । कर्णाली, सुदूरपश्चिम लगायत बाँके, बर्दिया तथा दाङबाट हरेक दिन न्युरो सम्बन्धिका बिरामीहरुको चाप हुने गर्दछ । हरेक दिन यस अस्पतालमा सिटि स्क्यान तथा एमआरआई गर्नेहरुको भिड लाग्ने गर्छ दैनिक करिब १० जनाभन्दा धेरैको सिटिस्क्यान तथा एमआरआई र ईईजी हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.