कोहलपुर, मंसिर २,

रोगलाग्नु भन्दा यसबाट बच्नु धेरै राम्रो हो । थोरै सावधानी अपनाउँदा धेरै ठुला ठूला रोग लाग्नबाट बच्न सक्छौं । नाक, कान, घाँटी रोगबाट बच्न तथा नाक, कान, घाँटीका समस्याहरु आएमा समयमै उपचार गर्नुपर्छ । नाक, कान, घाँटी रोगबाट सम्बिन्ध नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विषेशज्ञको उपचार हुँदै आएको छ ।

बाँकेको कोहलपुरमा रहेको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विषेशज्ञ सहित नाक, कान तथा घाँटीको सफल उपचार हुँदै आएको छ । विगत लामो समय देखि नै नाक कान घाँटी सम्बन्धिका धेरै रोगहरुको सफलताका साथ उपचार हुँदै आएको हो । बाँके मात्रै नभई नेपालका ३ प्रदेशका बिरामीहरु नक कान घाँटीका समस्या लिएर यस अस्पतालमा आउने गरेका छन् । नाक, कान घाँटीको मात्रै नभई फोक्सोमा विभिन्न अड्किएका खानेकुराहरु सफलताका साथ निकालिएको नाक, कान तथा घाँटी रोग विभागका प्रमुख ढुण्डिराज पौडेलले बताए ।

कानदुख्ने, कानमा घाउ आउने, कानमा पिप्प आउने, जाली फुटेका बिरामीहरु इस अस्पतालमा दैनिक आउने गरेका छन् । यस्ता बिरामीको सामान्य उपचारदेखि सफलताका साथ शल्यक्रिया गरिर्दैं आएको छ । नाक बन्द हुने, धेरै हाच्छ्युँ आउने, नाथ्री फुट्ने, नाकबाट रगत आउँने, नाकमा मासु पलाउने, सास फेर्न समस्या हुने, गन्ध थाहा नपाउने लगायतका रोगहरुको यस अस्पतालमा चेकजाँच तथा उपचार हुँदै आएको छ । यस्तै घाँटीमा टन्सील आउने, घाँटी दुख्ने, लगायतका रोगको उपपचार हुँदै आएको नाक, कान, घाँटी रोग विषेशज्ञ डा. सुवास चन्द्र महासेठले बताएका छन् ।

कानको रोगमा कानै नसुन्ने हुन सक्छ । कानबाट माथि इफेक्शन भएर ब्रेनमा पनि जान सक्छ । नाकको रोगमा धेरै रगत जाने हुन सक्छ । नाकमा मासु पलाएको अवस्थामा नाकको नजिकै आँखा, ब्रेन हुन्छ त्यो त्यताजान सक्छ । घाँटीको रोगमा टन्सीलहरु भइरहेमा मुटुमा पनि असर पु¥याउन सक्छ । त्यसैले नाक, कान, घाँटीको रोगलाई सामान्य ठानेर हेलचक्राई गर्नु हुँदैन । तुरुन्त चिकित्सकको सम्पर्कमा गइहाल्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published.

You missed