कोहलपुर, मंसिर २,
चिसो दिनप्रतिदिन बढ्दो छ । तराई क्षेत्रमा चिसोले दुई दर्जनभन्दा बढीको ज्यान लिने गर्छ । यसैले अत्याधिक चिसो स्वास्थ्यका लागि जोखिमयुक्त छ । चिसो मौसममा स्वास्थ्यको उचित ख्याल राखेनौँ भने विभिन्न रोग लाग्न सक्छ ।
चिसोमा लाग्ने ६ रोग र बच्ने उपाय :
जोर्नीको दुखाइ : यसबाट बच्ने उपाय भनेको जोर्नीहरूलाई चिसोबाट बचाउनु र नियमित व्यायाम गर्नु हो ।
चिसो (मौसमी फ्लु) : तापजन्य खाद्यपदार्थ खाने, हिँडडुल कम गर्ने, खाना खानुअघि र पछि राम्रोसँग साबुनपानीले हात धुने, नाक मुख छोपेर राख्ने, मास्क लगाएर हिँड्ने लगायतका गतिविधि गर्नुपर्छ ।
घाँटीमा सुक्खापन : यस्तो समस्या भएमा तातो पानीमा नुन राखेर मुख कुल्ला गर्नुपर्छ । त्यसका साथै आराम गर्ने, चिसो खानेकुराको प्रयोग नगर्ने गर्नुपर्छ ।
छालामा फुस्रोपना : चिसो मौसममा अत्यधिक पानी पिउने गर्नुपर्छ । त्यस्तै मोस्चराइजिङ क्रिम, नरिवल, आलमन्डको तेल छालामा लगाउनुपर्छ ।
हृदयाघात : मुटुरोगीहरूले धेरै चिसोमा काम गर्नु हुँदैन । नियमित व्यायामलाई पनि दिउँसोको समयमा सार्नुपर्छ । सकेसम्म शरीरलाई न्यानो बनाएर राख्नुपर्छ ।
दम : यसबाट बच्नका लागि घरलाई धुवाँ, धुलोमुक्त गराउने प्रयास गर्नुपर्छ । त्यस्तै, समय–समयमा ओछ्यान घाममा सुकाउने र सफा गर्ने गर्नुपर्छ । बाहिर हिँडडुल गर्दा पनि धुलोबाट जोगिन आवश्यक हुन्छ ।
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरद्धारा जनहितमा जारी सन्देश