कोहलपुर, कात्तिक २४,

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा न्युरो सम्बन्धिको गुणस्तरिय तथा भरपर्दाै सेवा सुचारु भईरहेको छ ।

अत्याधुनिक मेसिनद्धारा सिटि स्क्यान तथा एमआरआई मार्फत चेकजाँच गरि न्युरो सेवा दिईदै आएको छ । अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइट साइन्स माइतिघर काठमाण्डौ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको समन्वयमा अन्नपूर्ण न्यूरोलोजिकलका पूर्व कार्यरत कन्सल्टेन्ट, न्युरोसर्जन तथा चिकित्सकहरूद्वाराप्रदान हुँदै आएको हो ।

न्युरो सम्बन्धिको उपचार सेवा पूर्णकालिन रूपमा यहि मिति २०८० साल, कार्तिक १५ गतेदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगंजमा सुचारु भएको हो । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा सिटिस्क्यान, एमआरआईसहित आवश्यक उपकरण जडान गरिएका छन् । अस्पतालमा न्यूरो सम्बन्धिका बिरामीहरुको जटिल अवस्था आएके खण्डमा शल्यक्रिया समेत गर्न सकिने अस्पतालमा कार्यरत न्युरो सर्जन डा. उपमा शर्माले बताईन् ।

Leave a Reply

Your email address will not be published.

You missed