कोहलपुर, कात्तिक २०,
कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा आर्मी फुटबल क्लब काठमाण्डौ र दुधौली स्पोर्ट क्लब सिन्धुली विच प्रतिस्पर्धा हुँदै छ ।
तेस्रो दिनमा भएको त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन विच भएको खेलमा त्रिभुवन आर्मीले (३–१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । यस्तै चौथो दिनमा भएको खेलमा दुधौली स्पोर्ट क्लब सिन्धुलीले एभिनियर एफ.सी.क्यामरुनलाई ट्राइब्रेकरमा (६–७ं) गोलको अन्तरले पराजित गरेको थियो ।
तेस्रो र चौथो दिनमा विजयी सुरुवात गरेका त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र दुधौली स्पोर्ट क्लब सिन्धुली विच आज प्रतिस्पर्धा हुने खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए । मल्लका अनुसार खेल ३ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको थियो ।
८ टिम मध्य ५ टिम, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब धनगढि, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, वि.एफ.सी. चितवन क्लब चितवन र एभिनियर एफ.सी.क्यामरुन प्रतियोगितामा हार ब्यहोर्दै बाहिरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । आज कडा प्रतिस्पर्धा हुने र दर्शकहरुको पनि उपस्थिति पनि राम्रो हुने अनुमान गरीएको अध्यक्ष क्षेत्रीले बताए । दर्शकहरु प्रबेशका लागी प्याराफिटमा १ सय रुपैया र ग्राउण्डमा ५० रुपैया लाग्ने क्षेत्रीले बताए । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।