कोहलपुर, कात्तिक १८,
लुम्बिनी प्रदेश सभाका सदस्य मा.सन्जुकुमारी चौधरी भुकम्पमा परि घाईते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुगेकी छन् ।
भुकम्पमा घाइते हुनु भएका बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न मा.बसन्ती अधिकारी, जिल्ला समन्वय समिति बाँकेका उपाध्यक्ष सीता कार्की, कोहलपुर नगरपालिका, बाँकेका उपप्रमुख संगीता सुवेदी लगायत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुगेका हुन् ।
भुकम्पमा घाइते हुनु भएका बिरामीहरुको उपचारमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चिकित्सकहरु खटिरहेका रहेका छन् ।