कोहलपुर, असोज १६,
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको स्थापना पछि बाँकेमा स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन भएको छ ।
पश्चिम नेपालमै सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै आएको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल अति आवश्यक स्वास्थ्य सुविधा सिर्जना गर्दै आएको छ । यसै अस्पतालका कारण स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुगेको छ । यस अस्पतालले सन्तुलित स्वास्थ्य सेवा प्रदान गर्दै थप सुविधाको विकास गर्न नयाँ सुधारहरू ल्याइरहेको छ । जसले सामाजिक समानतालाई बढावा दिनुका, साथै सबैका लागि सहज पहुँच योग्य गुणस्तरीय स्वास्थ्य सुविधाहरू सुनिश्चित गर्दै आएको छ ।
यहाँको सेवालाई विशेषज्ञ सहित गुणस्तरीय बनाउने अस्पतालको लक्ष्य अनुसार दक्ष जनशक्तिको मार्फत चेकजाँच हुँदै आएको छ ।