कोहलपुर, भदौ २८,

नेपालगंज मेडिकल कलेजमा रहेको रोटाराक्ट क्बलले स्वास्थ्यका क्षेत्रमा विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

विभिन्न स्वास्थ्य सम्बन्धिका परामर्श, खोप लगायतका विभिन्न क्षेत्रमा रोटाराक्ट क्बलले काम गर्दै आएको छ । यस्तै कोहलपुर नगरपालिको श्री लक्ष्मी माध्यमिक विद्यालयका करिब १८० जनालाई मानसिक स्वास्थ्य सम्बन्धि जानकारी दिईएको छ । यस विद्यालयका +२ मा अध्ययनरत १८० जना विद्यार्थीहरुमा लक्षित गर्दै विद्यालयमा कार्यक्रमको आयोजना गरिएको रोटाराक्ट क्लबका अध्यक्ष सहरोज सिद्धिकीले बताएका छन् ।

मानसिक स्वास्थ्य भनेको के हो, मानसिक रूपमा स्वास्थ्य रहन के गर्नु पर्छ, मानसिक स्वास्थ्य अन्तर्गत रहेका अन्धविश्वासहरु, मानसिक समस्याका किसिमहरु, मानसिक समस्या का लक्षणहरु, डिप्रेसन र यसको रोकथाम, स्ट्रेस कम गर्न अपनाउन सकिने उपायहरु, मानसिक समस्याहरु चिन्न तथा कुन बेला र कहाँ गएर आफ्नो समस्या समाधान गर्न सकिने कुरा हरुको चर्चा गरिएको कार्यक्रमका संयोजक प्रिन्स ठाकुरले बताए । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा क्लब अफ नेपालगञ्ज मेडिकल कलेजले मानसिक स्वास्थ्य र आत्महत्या सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपालगञ्ज मेडिकल कलेजका मनोविज्ञान चिकित्सक डा. सञ्जय रिजाल र डा. प्रविधि अधिकारीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा डा. मोहम्मद साकीब, डा. सिम्रन श्रेष्ठ, डा. निराजन पन्थ, फूल कुमार यादव, सचिन नायक, निरज प्रसाद साह, शुभ प्रभात सिंह, सुदीप यादव, कञ्चन गुरुङ, ऋषिता शर्मा, भूमिका चौधरी र नेहा झाले आफ्नो महत्वपूर्ण योगदान एिका थिए । प्रोजेक्ट “मनोबल“ यस वर्षको प्रमुख प्रोजेक्ट रहेको र यस प्रोजेक्ट अन्तर्गत आगामी दिनहरूमा बाँके जिल्लाको करिब दश देखि पन्ध्र हजार विद्यार्थीमाझ जनचेतना अभिवृद्धि गराउदै हाम्रो समाजमा मानसिक स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा जनचेतना पूर्ण रूपमा बढाउने लक्ष्य बोकेको जानकारी यस क्लबका अध्यक्ष सिद्दिकीले बताए ।

Leave a Reply

Your email address will not be published.