कोहलपुर, भदौ १२,
बाँके जिल्लाको कोहलपुर सुदूरपश्चिम तथा कर्णाली प्रदेशको शैक्षिक हव हो । विद्यालय, क्याम्पस तथा प्राविधिक शिक्षा अध्ययनका लागि विभिन्न जिल्लाका विद्यार्थीहरुले आफ्नो गन्तव्य बनाएका छन् । यहाँ विभिन्न किसिमका प्राविधिक शिक्षा अध्ययन अध्यापन हुँदै आएको छ । स्वास्थ्य क्षेत्रका लागि पनि यहाँ उत्कृष्ठ सम्भावना छ । त्यसको एक उदाहरण हो नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर । पछिल्लो समय चिकित्सा शिक्षा विद्यार्थीहरूको रोजाइमा पर्ने शिक्षा हो । यसका पनि विभिन्न विधा छन् । ती विधाहरूमध्ये एक हो, नर्सिङ शिक्षा ।
सीपमा आधारित र सामाजिक सेवा भएकोले गर्दा पनि नर्सिङ पढ्न चाहने विद्यार्थीहरूको चाप बढ्दै गइरहेको छ । त्यसैले पनि हिजोआज नर्सिङप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । एमबिबिएस देखि पिसिएल नर्सिङ र बिएसि नर्सिङ विगत लामो समयदेखि अध्यापन हुँदै आएको छ । यो मेडिकल कलेज विद्यार्थीका लागि राम्रो शैक्षिक गन्तव्य हो । नर्सिङ अध्ययनका लागि कोहलपुरको उत्कृष्ट मेडिकल कलेज हो । यो मेडिकल कलेज यहाँका ग्रामीण क्षेत्रका लागि अहिले पनि स्वास्थ्य क्षेत्रको जनशक्ति पर्याप्त छैन । त्यसैले पनि यो क्षेत्रको लागि दक्ष स्वास्थ्यकर्मी उत्पादनका लागि प्रमुख्य प्राथामिकता बनेको छ ।
स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको सवालमा गुणस्तर, अवसर र चुनौतीहरु छन् । यि सबै कुराहरुको समायोजन गर्दै यस मेडिकल कलेजले आफ्ना क्रियाकलाप आगडि बढाउँदै आएको छ । हाल २१ औं व्याज रनिङ भैरहेको नेपालगंज नर्सिङ क्याम्पस कोहलपुरका प्रिन्सिपल तथा बिएसी नर्सिङ कार्यक्रम कोडिनेटर सिमा भारतीले बताएकी छन् । जसमध्य करिब ८ सय २० जना विद्यार्थीहरु पास आउट भैसकेका छन् । यस मेडिकल कलेजले विषेश गरि कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशलाई लक्षित गरिरहेको छ । यस कलेजबाट अध्ययन गरेका स्वास्थ्यकर्मीहरु नेपालका ठुला अस्पतालदेखि विदेशमा अस्पतालसम्म पुगेका भारतीले बताईन् ।
यस कलेजमा दक्ष शिक्षक तथा शिक्षिकाबार्फत अध्ययन अध्यापन गराईदै आएको छ । थेउरी मात्रै नभई प्राक्टिकल रुपमा फिल्डमै गएर विद्यार्थीलाई सिकाईदैं आएको छ । यो अस्पतालले नर्सिङ गर्नका लागि सौद्धान्तिक र व्यवहारिक दुवै ज्ञान विद्यार्थीहरुलाई दिदैं आएको छ । उनले भनिन्,–‘धेरै विद्यार्थीहरूले एसइईपछि नै नर्सिङ पढ्नका लागि तयारी गर्छन् । ३ वर्षे पीसीएल नर्सिङ कोर्षलाई नेपालमा प्लस टु को मान्यता दिइएको छ । यस्तै प्लस टु उत्तीर्ण गरेपछि नर्सिङ साइन्स (बीएनएस), बीएससी नर्सिङ, मिडवाइफ्री पढ्न पाइन्छ ।’ यस अस्पतालले नर्सिङका अध्ययनका लागि छात्रवृत्ति पनि प्रदान गर्दै आईरहेको छ । छात्रवृत्तिमा अध्ययन गर्नका लागि विद्यार्थीहरूले सीटीईभीटीले लिने छात्रवृत्ति परीक्षा उत्तीर्ण गर्नुपर्छ ।
नर्सिङ पेशा धेरै युवतीहरूको रोजाइमा पर्ने गरेको पेशा हो । महिलाले मात्र अध्ययन गर्दै आइरहेको नर्सिङ विषय क्षेत्रमा शैक्षिक सत्र २०७५÷७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई पनि नर्सिङ अध्ययनमा समावेश गराएको भारतिले बताईन् । भारतिका अनुसार नर्सिङ विषय अहिले महिला र पुरुष दुवैले पढ्न पाउने विषय भइसकेको छ । यस अस्पतालमा पनि केही पुरुष विद्यार्थीहरु नर्सिङ पढ्दै आएका छन् । उनीहरुले पनि महिला नर्सिङले गर्नुपर्ने सबै काम गर्नुपर्छ ।