कोहलपुर, भदौ ६,
वर्षातको समयमा आउने बाढी तथा डुवानका समयमा विभिन्न किसिमका रोगहरु निम्तिन सक्छन् । बर्खायाममा प्राकृतिक विपद मात्रै होइन, मानव स्वास्थ्यमा पनि विपद आउने गर्छ । बर्खाको समयमा विभिन्न खालका सरुवा रोगहरु लाग्ने तथा लाग्नसक्ने जोखिम बढी हुन्छ । वर्षाको बेला सरुवा रोग सार्ने किटाणु यही बढी सक्रिय रहन्छन् । यसका कारण महामारी निम्तिने जोखिम पनि उत्तिकै हुन्छ ।
वर्षातको समयमा पानी तथा खानेकुराहरु फोहोर हुने र हावामा ओस बढ्ने गर्छ । रोगबाहक झिंगा र लामखुट्टे लगायतलाई यही मौसम अनुकल हुन्छ । विभिन्न स्थानमा जम्ने फोहोर पानीका कारण झिंगा, लामखुट्टे, भुसुना तथा अन्य किटाणु फैलिन्छन् । वर्षायाममा झाडापखला, हैजा, टाइफाइड, भाइरल, जण्डिस, आउँ, निमोनियाँ, औलो, डेंगु, कालाजार, रुघाखोकी, पेटमा इन्फेक्सन, छालामा फंगस, आँखा पाक्ने जस्ता रोगको संक्रमण बढ्ने गर्छ । वर्षातको समयमा आउने बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले पनि सरुवा रोगको संक्रमण फैलाउने खतरा रहन्छ ।
गर्मी र वर्षातको समयमा हुने अधिकांश रोग खानपान र सरसफाईको कमीका कारण लाग्ने नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएको छ । व्यक्तिगत र पारिवारिक सावधानीले रोगबाट बच्न सकिने अस्पतालले जनाएको छ । यस्तो बेला खानेपानीमा विशेष ध्यान दिन अस्पतालले आग्रह गरेको छ । सचेतना र सतर्कताले मात्रै वर्षायाममा फैलिने रोगविरुद्ध लड्न सकिने भन्दै अस्पतालले व्यक्ति, परिवार, समाज र सरकार दुवैले यो उपाय अपनाउन सुझाव दिएको छ ।
गर्छ । बर्खाको समयमा विभिन्न खालका सरुवा रोगहरु लाग्ने तथा लाग्नसक्ने जोखिम बढी हुन्छ । वर्षाको बेला सरुवा रोग सार्ने किटाणु यही बढी सक्रिय रहन्छन् । यसका कारण महामारी निम्तिने जोखिम पनि उत्तिकै हुन्छ ।