दीपक रावल,
कोहलपुर, साउन ३१,

बाँकेको कोहलपुरमा वृहत रक्तादान कार्यक्रम गरिएको छ ।

समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटिको आयोजना तथा समाजवादी प्रेस संगठन जिल्ला कमिटि बाँको÷बर्दियाको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । जिम्मेवार पत्रकार, समाजवादको आधार भन्ने नारा सहित रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

बाँकेमा उत्पन्न रगत अभावलाई पूर्ति गर्न वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । रक्त अभावबाट कसैले अमुल्य जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ । कार्यक्रममा सयौं व्यक्तिहरुले रगत दान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.