कोहलपुर, साउन २६,
हाल देशैभरी लामखुट्टेको टोकाईद्वारा डेंगी रोग फैलिएको रहेको छ । मनसुनको समयमा डेंगीका बिरामीको संख्या दोब्बर हुन्छ । लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने तथा डेंगीबाट कसरी बच्ने भन्ने विषयमा आम नागरिकमा सचेतना पु¥याउन जरुरी छ । डेंगी सरूवा रोग भएकाले आफ्नो ठाउँबाट सबैले सचेत भएर लाग्नुपर्ने नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएको छ ।
डेंगी सरूवा रोग हो । यसको रोकथाम हुन नसके विकराल अवस्था आउँछ । लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेपालगंज मेडिकल कलेजले डेंगी रोकथाममा सबै गम्भीर भएर लाग्न सुझाव दिएको छ ।
डेंगीका मूख्य लक्षणहरू :
–उच्च ज्वरो आउन
–वाकवाकी लाग्नु वा वान्ता हुनु
–आँखाको गेडी दुख्नु
–जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
–बेस्सरी टाउको दुख्नु
–शरीरमा राता बिमिराहरू आउनु
डेंगीबाट बच्ने उपायहरूः
–एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
–आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
–पूरै शरिर ढाक्ने लुगा लगाउने ।
–बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
–काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
–पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
–कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।
–घर÷विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क÷बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
डेंगी रोग नियन्त्रणका ३ उपायहरु :
– लामखुट्टेको वृद्धि, विकास रोक्न लामखुट्टेले फुल पार्न सक्ने ठाउँ पत्ता लगाइ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुल्ला भाडामा पानी जम्न नदिने ।
– लामखुट्टे टोकाइबाट बच्ने उपायहरु अपनाउने ।
– डेंगीका लक्षण देखिए तत्काल स्वास्थकर्मीसँग सल्लाह गरि उपचार गराउने ।
डेंगीका लक्षणहरू देखिएमा के गर्ने ?
–स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
–घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम –गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
–अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
(चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने )
– आफ्नो नजिकैको स्वास्थ्य संस्था अथवा बाँकेको कोहलपुरमा अवस्थित “नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर“ मा सम्पर्क गरि उपचार, परामर्श तथा उचित सल्लाह पाउन सक्नु हुनेछ ।