कोहलपुर, साउन २२,
राज्यको पुर्नसंचना पश्चात लुम्बिनी प्रदेशमा गाभिएको बाँके जिल्लाको कोहलपुर पश्चिम नेपाल कै मुटु हो । पूर्वमा राप्तीसोनारी गाउँपालिका, पश्चिममा बैजनाथ गाउँपालिका, उत्तरमा सल्यान जिल्लाको चुरे पहाड श्रृंखला र दक्षिणमा जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाले घेरेको कोहलपुर कर्णाली तथा सुदूरपश्चिमका नागरिकहरुको सपनाका शहर पनि हो । यहाँ विभिन्न पहाडि तथा हिमाली जिल्लाबाट बसाई सरि मात्रै आउँदैनन् आफ्नो सुनौलो तथा उज्वल भविष्यको परिकल्पना गर्दै अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् ।
कोहलपुरलाई स्वास्थ्य क्षेत्रका रुपमा पनि निकै अब्बल मानिन्छ । विषेश गरि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले यहाँको स्वास्थ्य क्षेत्रको गरिमा बण्ढाएको छ । सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनीका दाङ, बर्दिया लगायतका जिल्लाबाट उपचारका लागि बिरामीको पहिलो रोजाई पनि यही अस्पताल हो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालबाट जनरल सर्जरी सेवा, जनरल मेडिसिन सेवा प्लास्टिक सर्जरी सेवा लेप्रोस्कोपिक सर्जरी सेवा क्यान्सर सर्जरी सेवा, मुटु रोग निदान तथा उपचार सेवा, अर्थाेपेडिक( हाड तथा नसा सम्बन्धी) न्युरो सर्जरी सेवा, स्त्री रोग तथा प्रसुती सेवा, छाला तथा यौन रोग सेवा, नाक, कान, घाँटी सेवाहरु इस अस्पतालबाट प्रवाह भैरहेको अस्पतालका निर्देशक तथा हाडजोर्नी विषेशज्ञ डा. दिनेश श्रेष्ठले बताएका छन् । डाक्टर श्रेष्ठका अनुसार ओपिजी सबै दाँतको आईओएल फेको सिस्टमबाट मोतिया बिन्दुको उपचार, अपरेशन, मानसिक रोग सेवाहरु इस अस्तपनालबाट प्रवाह हुँदै आएका छन् ।
डा. श्रेष्ठले टेस्ट ट्युब बेबी(आईभिएफ निदान सेवा, फिजोयोथेरापी सेवा, २४ सै घण्टा आकस्मिक उपचार सेवा, हेमोडायलाईसिस सेवा, आमा सुरक्षा सेवा, खोप सेवा, क्षयरोग उपचार तथा निदान सेवाहरु अस्पतालबाट दिदैं आएको बताए । उनले निदान तर्फका विभिन्न् सेवाहरु पनि अस्पतालबाट प्रवाह हुदै आएको बताए । अत्याधुनिक एमआरआई तथा सिटि स्क्यान, डिजिटल एक्सरे, ईको कार्डियोग्राफि, भिडियो एक्सरे, ईसिजि, जनरल प्याथालोजी, सिकसेल एनेमियाको जाँच, हार्मोन र क्यान्सर मार्करको जाँच, ब्लड क्लचर एफ.एन.ए.सी थाईराईडहरुको जाँच तथा उपचार हुँदै आएको बताए । उनका अनुसार यस अस्पतालमा सामुदायिक सेवाहरु पनि संचालित छन् ।
ब्लड बैंक, अपाङ्ग पुर्नस्थापना सेवा, दुर्गम क्षेत्र घुम्ती सिविर, एम्बुलेन्स सेवाहरु रहेको डाक्टर श्रेष्ठले बताए । साथै उनले केही समय अघिदेखि बन्द अवस्थामा रहेको स्वास्थ्य विमा कार्यक्रम पनि लगतै संचालन गरिने बताएका छन् । उनले स्वास्थ्य बिमा कार्यक्रमले धेरै बिरामीहरुलाई राहत पुगेको बताए ।