१८ श्रावण,
कोहलपुर,
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गएको एक हप्तामा ३ जना बच्चाको फोक्सोमा सिमीको दाना, मेटल र बदामको दाना अड्किएको सफल शल्यक्रिया भएको छ ।
बच्चाहरूको अहिलेको अवस्था सामान्य रहेको प्रा.डा. ढुण्डीराज पौडेलले बताउनु भयो । अस्पतालको स्थापना कालदेखि नै यस किसिमको शल्यक्रिया सेवा दिदैँ आएको पनि उहाँको भनाई रहेको छ ।
यस किसिमको घटना घट्न नदिन अविभावकहरू सतर्क हुनु पर्ने पनि पौडेलले बताउनु भयो । त्यसका लागि आफ्ना साना नानीबाबुहरुलाई निल्न गार्हो हुने ठोस खानेकुरा खान नदिन उहाँले अनुरोध पनि गर्नु भएको छ ।