१७ श्रावण
कोहलपुर,

रोटर्‍याक्ट क्लब अफ नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल चिसापानीमा मंगलबार दोस्रो स्थापना समारोह सम्पन्न भएको छ । सन् २०२३ र २४ का लागि अध्यक्षको पदमा पुनः सर्वसम्मत रूपमा सहोराज सिद्धिकी निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले मानव सेवाका लागि यो क्लबले काम गर्दै आएको कुरामा आफू जानकार रहेको बताए । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई बधाइ एवं शुभकामना दिँदै आगामि दिनमा पनि स्वास्थ्य क्षेत्रबाट धेरैको जीवन बचाउन लाग्नु पर्ने बताए । र उनले नवनिर्वाचित कार्यसमिति यस्ता मानवसेवाका काममा सफल हुँदै जानेमा आफू आशावादी भएको पनि बताए ।

क्बलका सल्लाहकार तथा एसोसियट प्रोफेसर डा.प्रज्ञा गौतमले यस क्लबले स्वास्थ्यका क्षेत्रमा भएका समस्यालाई पहल गर्दै सके आफै नभए सम्बन्धित निकायलाई समस्या समाधानका लागि काम गर्दै आएको बताइन् । उनले यो क्लब स्थापना गर्दाका दिन सम्झिदै भनिन्, विशुद्ध समाजसेवाको भावनाले समेटिए व्यक्तिहरू जो लिनका लागि हैन केहि दिनका लागि तयार हुन्छन् उनीहरू नै समेटिने गर्छन् । उनले, क्लबमा हाल स्वास्थ्य क्षेत्रका व्यक्तिहरू जोडिएको र पछि अन्य क्षेत्रका व्यक्तिहरूलाई जोडेर लैजानु पर्ने बताइन् ।

क्लबका नवनिर्वाचित अध्यक्ष सहोराज सिद्धिकीले आफूहरू यो कार्यकालमा पनि स्वास्थ्यका क्षेत्रबाट समाजसेवा लाग्ने बताए । उनले मानिसको सबैभन्दा ठूलो धन भनेकै उसको स्वास्थ्य भएकाले खानपान, सरसफाइ लगायतमा आफूहरू सबैलाई जनचेतना दिँदै जाने र सहयोग गर्ने बताए ।

कार्यक्रममा रोटा वर्ष सन् २०२३ र २४ का १५५ जना सदस्यहरूलाई अफिसियल रोटार्‍याक्ट पिन लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा बाँके जिल्लाका प्रहरी प्रमुख सन्तोष सिंह राठौर, नेपाल टेलिभिजनका कोहलपुर प्रमुख विजय वर्मा, नेपालगंज मेडिकल कलेज चिसापानीका क्याम्पस इन्चार्ज प्रो.डा.एचपी पाण्डे, रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष किशोर भण्डारी, चिसापानी स्वास्थ्य चौकीका प्रमुख प्रेम शाह लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.