कोहलपुर, साउन १२,

धर्म परियार बचाउ अभियानका अभियान्ता सुरत भुलले रकम सार्वजनिक गरेका छन् ।

चौरपाटी गाउँपालिका वडा नम्बर ७ का नवाघरका परियारको मृगौलामा समस्या आउदा आर्थिक अभाव भैरहेको छ । उनको उपचारका लागि साँफेबगर। नगरपालिका वडा नम्बर २ का सुरत भुलले धर्म परियार बचाउ अभियान सुरु गरेका थिए । परियार कामको सिलसिलामा भारतको मुम्बईमा बस्दै आइरहेका छन् ।

४५ वर्षिय परियारका एउटा मृगौला फेल भएको र अर्काेमा पनि समस्या देखा परेको छ । उनको तुरन्त अप्रेसन नगरे ज्यान जान सक्ने डाक्टरहरुले बताउँदै आएका छन् । उनको अप्रेसनका लागि ६/७ लाख लाग्ने हुँदा उनलाई आर्थिक संकलनको आवश्यकता परेको भुलले बताए ।

उनले भने,–परियारको आर्थिक स्थिति एकदम नाजुक छ । त्यसैले यो अभियान चलाएका हुँ ।’ उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । साथै भुलले अहिलेसम्म संकलन गरेको रकम सार्वजनिक पनि गरेका छन् । केही दिनमै पीडित परियारलाई हस्तान्तरण गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.