कोहलपुर, साउन १२,
बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन भैरहेको छ ।
शुक्रबार बिहान ८ बजेदेखि भेरी शीत भण्डारको हलमा मतदान भईरहेको हो । दिउँसो दुई बजेसम्म २ हजार ५८ मत बताईएको छ । कुल ५१७२ मतदाता रहेको संस्थाको निर्वाचन कार्यक्रम बेलुका ५ बजे सम्म संचालन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खानेपानीको नयाँ नेतृत्वकालागी नेपाली काङग्रेसको लोकतान्त्रिक प्यानल, नेकपा एमाले, माओबादी, एकिकृत समाजवादी र राप्रपाको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारहरु निवार्चनमा होमिएका छन् । विहान ७ बजेदेखि सुरु भएको मतदान २: ३० बजेसम्म करिब २ हजार ७१ जनाले मतदान गरेको निर्वाचन अधिकृत टिकाराम ढकालले बताए ।