कोहलपुर, साउन ११,

कोहलपुर नगरपालिका वडा नं. ११ का स्थानिय बासिन्दा रेशमलाल सापकोटा यही साउन १२ गते हुने कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको सहकोषाध्यक्षमा लड्दै छन् ।

यसभन्दा अघि सापकोटा संस्थापक सल्लाहाकारको रुपमा काम गरिसकेका छन् । उनी खानेपानीको विषयमा विज्ञ नै हुन् । उद्योग वाणिज्य संघ कोहलपुरको संस्थापक सदस्यको भूमिका निर्वाह गरिसकेका सापकोटा यतिबेला कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता सस्थाको सह—कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा छन् ।

यहि श्रावण १२ गते हुने निर्वाचनमा सापकोटाले ४ दलिय गठबन्धन सहितको साझा समावेशी प्यानलको तर्फबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । विभिन्न क्षेत्रमा आबद्ध भएर काम गरिसकेका सापकोटाले हाल कोहलपुर माध्यमिक विद्यालयको विव्यस अध्यक्ष समेत हुन् । साथै प्र्राकृतिक चिकित्सालय र जनविश्वास सहकारीमा समेत आबद्ध भएर काम गरिरहेका छन् । हरेक मानिसहरुको अपेक्षा र चाहाना गुणस्तरीय शिक्षा र स्वास्थ्यमा बढि केन्द्रित छन् । उनले प्रत्यक्ष कोहलपुरबासीसंग जोडिएको खानेपानी संस्थामा आफू नेतृत्वमा पुगेपछि खानेपानी संस्थामा भएको बेतिथि र अनियमितालाई शुन्यमा झार्ने प्रतिबद्धता गर्दै चुनावी मैदानमा होमिएका छन् ।

विभिन्न क्षेत्रमा काम गर्दै खारिएर आएका सापकोटा यति बेला आम कोहलपुरबासीलाई स्वच्छ खानेपानी खुवाउने कुरा नै पहिलो प्राथमिकता हो भन्दै चुनावी अभियानमा उत्रिएका छन् । त्यसका लागि हाल भूमिगत जलश्रोतको लागि डिप ट्युबेल र टयाङ्कीको क्षमतावृद्धि गरी थप ट्युबेल र ट्याङ्की निर्माण, कोहलपुरको मुख्य सडकको दुवै साइडमा पाइप बिस्तार, कोहलपुर क्षेत्रमा रहेका अन्य खानेपानी आयोजनालाई समेत समेटेर एकीकृत खानेपानी विकासको गुरु योजना निर्माण लगायतका योजनालाई विशेष प्राथमिकतामा राखिएको सापकोटा बताउँछन् ।

Leave a Reply

Your email address will not be published.