कोहलपुर, साउन ११,

नेपाली कांग्रेस कोहलपुर नगर कार्य समितिले बुधबार कोहलपुरमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

कोहलपुर नगर कार्य समिति सभापति विरेन्द्र शाहको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलन नेपाली कांग्रेसका पूर्व बाँके क्षेत्र नं.१ का क्षेत्रिय सभापति तथा कोहलपुर खाने पानीका अध्यक्ष नर बहादुर मल्ललाई कारवाही गरिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कोहलपुर खानेपानीमा देखिएको भष्ट्रचार र अनियमिता बारे पार्टीले जानकारी माग गर्दा कुनै सुनवाई नगरिएको र पार्टीका उम्मेदवारहलाई हराउन क्रियाशिल भएका कारण मल्ल र कोहलपुर नगरपालिका वडा नं.५का पूर्व वडा अध्यक्ष विष्णु तिवारीलाई अनुशासनको कारवाही गरिएको पत्रकार सम्मेलनमा नगर सभापति शाहले जानकारी गराए ।

त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य तथा कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले स्वच्छ, इमान्दार र संस्थाको हितमा काम गर्ने युवाहरुको समुहलाई विजयी गराउन संस्थाको हितमा काम गर्ने युवा नेतृत्व टेकनारायण भुसालको समुहलाई सहयोग गर्न आम मतदाताहरुलाई आह्वान समेत गरेका छन् । उनले पार्टीहित विपरित गएर उम्मेदवार भएकाहरुलाई गन्ध आएको सिनुको संज्ञा समेत दिएका छन। उनले नेपाली कांग्रेसले उठाएको उम्मेदवाहरुको इतिहास हेर्न समेत आम नागरिहरुलाई आग्रह गरेका छन। कोहलपुर खाने पानी संस्थाको निर्वाचनको पूर्व सन्धामा पार्टीको आधिकारी उम्मेदवार टेकनारायण भूसालको नेतृत्वलाई असहयोग गरेको ठहर गर्दै अनुशासन आयोग द्धारा कारवाही गरिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायण गौडेल खानेपानीको निर्वाचमा कांग्रेस भित्र कुनै गुट उपगुट नरहेको दावि गरेका छन। गौडेलले खानेपानीमा राजनिति भन्दा पनि सर्व दलिय सर्व पक्षहरुको सहकार्यमा जानु पर्ने अवधारणा कांग्रेसले राख्दा पनि अन्य दलहरुको समुह मिलेर निर्वाचन होमि पछि कांग्रेसले सबै आफ्ना उम्मेदवाहरुलाई सर्व सहमतिमा उम्मेदवार निर्वाचनमा होमिएको बताएका छन।

मल्ललाई अनुशासन आयोग बाँकेका संयोजक टंक प्रसाद काफ्ले(आषिश)द्धारा हस्ताक्षर गरिएको पत्रमा मल्ललाई पार्टीको बिधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र पार्टीको नियमावली २०७६ परिच्छेद १० को बुंदा नं.२९ १ –क) र (ङ) साथै नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन २०७९ को प्रतिवेदन १२ को (च) बमोजिम ५ वर्ष सम्म पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा नेपाली काग्रेस बाँकेका जिल्ला अध्यक्ष , बाँके क्षेत्र नं.१ क क्षेत्रिय सभापति पोषण के.सी जिल्ला सदस्य निम बहादुर चलाउने लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.