कोहलपुर, साउन १०,
बाँकेको कोहलपुरका विभिन्न स्वास्थ्य संस्थामा आवद्ध १६ जना स्वास्थ्यकर्मी फिर्ता गर्ने भनि गरेको निर्णयलाई कार्यान्वायन नहुने भएको छ ।
स्वास्थ्य मन्त्रालयको काजका कर्मचारी फिता गर्ने बारेको २०८० असार २५ को पत्रलाई आधारमानी कोहलपुर नगरपालिका नगरकार्यपालिकाको २०८० असार ३० को बैठकले दरबन्दी भन्दा बढी रहेका स्वास्थ्य कर्मी फिर्ता पठाउने निर्णय गरेको थियो । विधमान अस्पष्ठतालाई स्पष्ट पार्दै २०८० साउन ८ मा स्वास्थ्य मन्त्रालयले पत्राचार गरेसगै कोहलपुर नगरपालिकाका १६ स्वास्थ्यकर्मीहरु फिर्ता हुन नपर्ने भएको हो ।
केही समयका लागि तलब आउन ढिलो भएपनि सेवा प्रवाहमा कुनै अवरोध नगर्ने प्रतिवद्धता स्वास्थ्यकर्मीले व्यक्त गरेका छन् ।