कोहलपुर, असार ३०,
छोरी संस्थाको बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननिय मन्त्री सुरेन्द्र राज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मन्त्री आचार्यले छोरी संस्थामा आबद्ध किशोरी तथा महिलाहरु उत्पादन गरेका मैनबत्ति प्रज्जलन गर्दैं कार्यक्रमको उद्घाटन गरेका थिए । वार्षिक उत्सवको अवसरमा २ वटा पुस्तक विमोचनसहित पनि गरिएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरुको हातबाट, छोरीमा आबद्ध महिला तथा किशोरीहरुको रोजगारीका कथाहरु समेटिएको “दोहोरीदेखि बेकरीसम्म ‘Reclaiming the journey of women in Entertainment Sector narratives from girls and women in-ES’ पुस्तक विमोचन गरिएको हो । उक्त पुस्तकहरुले छोरीको सेन्टरमा बस्ने बालिका तथा महिलाहरुको जीवन संघर्षका कथाहरु र उहाँहरुमा आएका परिवर्तनको कुराहरु समेटिएको छ । सो पुस्तकले हजारौ त्यस्ता महिला तथा किशारीहरु जो संघर्षमा जिवन बिताइरहेका उनीहरुका लागि मार्गदर्शकको रुपमा र प्रेरणाको रुपमा काम गर्नेछ ।
त्यस्तै छोरीमा आबद्ध भएर संघर्ष गरिरहेका र जीवनलाई नयाँ तरिकाले अगाडि बढिरहेका छोरीको सेल्टरमा बस्दै आएका किशोरीहरुले ‘तपाइको लागि छोरी के हो ? भन्ने प्रश्न गरेका थिए । कार्यक्रमका सहभागिहरुले छोरी भगवान, प्रेरणाको स्रोत, आमाबाबु तथा काँडाबिच फुलेको फुल भएका बताएका थिए । उनीहरुले मन्तव्यको क्रममा छोरीमा आबद्ध भएर आफुमा भएको परिवर्तनको विषयमा परिवर्तित नाम सुष्माले आफ्नो बिचार राखेकी थिईन् ।
उनले छोरीमा आबद्ध हुनभन्दा पहिला आफ्नो जीवनमा केही गर्न सक्दिन अब, आफु छोरी हुनुमा निराश भएको बताएकी थिईन् । छोरीमा आबद्ध भएपछि आफुमा नेतृत्व क्षमता, आफुमा धेरै अवसर भएको र आफु एक उदाहरणको रुपमा रहेको बताईन् । त्यसैगरी अर्का सहभागि परिवर्तित नाम देवकीले छोरी संस्था मार्फत ७ दिनको तालिम लिएको तर खासै आफूमा प्रभाव नपरेको बताएकी थिईन् । तर दोस्रो पटकको तालिमले हिम्मत आफूमा केही गर्न सक्छु भन्ने हिम्मत आएर हाल नेतृत्व तहमा पुगेको अनुभव सुनाईन् ।
त्यसैगरी परिवर्तित नाम, रुस्माले छोरीले आफूलाई पुुर्नजिवन दिएर विभिन्न जोखिममा रहेका महिला तथा किशोरी र बालिकाहरुको लागि नेतृत्व तहमा ल्याउनुपर्छ, सशक्तिकरण आवश्यक छ भन्ने तरिकाले काम गर्न उत्प्रेरित गरेको बताईन् । छोरी संस्था आफ्ना लागि अवसर भएको बताईन् । मन्तव्यको क्रममा प्रमुख अतिथि माननीय आचार्यले छोरीले गरेको कार्यलाई उदाहरणिय भएको बताउँदै पुस्तक हेर्दा यसले अन्यलाई पनि काम गर्न हौसल्ला प्रदान हुने बताए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि तथा ललितपुर उपमाहानगरपालिकाका उपमेयर मञ्जली शाक्यले छोरी आफुमा धेरै बालिका तथा महिलाहरुको जीविकोपार्जनमा सहयोग पुर्याएको र त्यसमा अझ थप प्रेरणादायि काम गर्न शुभकामना दिईन् । कार्यक्रममा १०० जना भन्दा बढीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा यस वर्षको उत्कृष्ट अवार्ड संस्थाको नियमअनुसार भोटिङ्ग सिस्टमबाट कोमल पाण्डेलाई प्रमुख अतिथिको हातबाट नगद सहित सम्मान गरीएको थियो ।