कोहलपुर, असार २७,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहँदै आउनु भएकी उहाँको ६९ वर्षको उमेरमा बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको डा. युवराज शर्माले बताए । पार्किन्सन जस्तै देखिने एक जटिल प्रकारको रोगबाट उनी पीडित थिईन् ।
बिहान हृदयाघात भएपछि उनलाई अस्पताल पु¥याइएको थियो । उनको पार्थिव शरीर श्रदाञ्जलीका पेरिसडाँडामा राखिएको छ । दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । वि.सं. २०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिनुभएकी सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहाल प्रचण्डसँग विवाह भएको थियो ।
वि.सं. २०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध सीता दाहाल जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै अहिले माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुन् । पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी दाहाल सशस्त्र द्वन्द्व शुरु भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय हुन् । उहाँका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ ।
दुई छोरी रेणु र गंगा दाहाल राजनीतिमा नै सक्रिय छन् । रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुनुहुन्छ भने केन्द्रीय सदस्यसमेत रहेकी गंगा प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव हुन् ।