कोहलपुर, असार २४,

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले विशिष्ठ साधकहरुलाई घरमै पुगेर विषेश सम्मान गरेको छ ।

आफ्नो जीवनमा अनवरत रुपमा आ–आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानको मुल्यांकन गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशिष्ठ साधक सम्मान २०८० प्रदान गरेको हो । शनिबार विगत तीनदशक भन्दा बढी समयदेखी गीत, संगीतको क्षेत्रमा योगदान पुर्याउनु भएका लोकगायक तथा नेपालको मौरी बाजाबादक खड्ग प्रसादगर्वुजा, विशिष्ठ चित्रकार शशिबिक्रम शाह तथा नेपालको पहिलो रंगीन चलचित्र कुमारीकी नायिका विशिष्ठ चलचित्रकर्मी चैत्यदेवी सिंहलाइ उहाँहरुकै बासस्थानमा पुगेर नगद र सम्मान पत्र सहित सम्मान गरेको हो ।

कार्यक्रममा संस्थाका सल्लाहकार वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ संगीतकार सुरेश अधिकारी, समाजसेवी, साहित्यकार नमस्ते लालश्रेष्ठ, चित्रकार ज्योति प्रकाशका साथै सुभम सैजुले यसरी श्रष्टा साधकहरुलाई उहाँहरुकै बास स्थानमा पुगेर सम्मान गर्नु भनेको कला क्षेत्रकै सम्मान भएको बताए । संस्थाले आफ्नो वार्षिकीकार्यक्रम अन्तर्गत यो कार्यक्रम गरेको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजेन्द्र बजगाईले यस्ता कार्यक्रमहरुलाई निरन्तर गर्दै जाने उल्लेख गरे ।

कार्यक्रममा कार्यक्रम उपाध्यक्ष उषा उप्रती, महासचिव दीपक शर्मा, कोषाध्यक्ष नारायण बहादुर थापा सदस्यहरु भद्र वली, पुष्कर सुनुवार, मनोज परियार, बेनिशा पौडेल, प्रतिक्षा काफ्ले, उत्तम अधिकारी, रीता के.सी, सिलन लम्साल, सविन सुबेदी, माईकल चन्द, फोटोग्राफर देवराज आचार्य, गीता पाण्डे र संस्थाका आजिवन सदस्य गोपाल ढकाल(छन्दे) लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई संस्थाका महासचिव दीपक शर्माले संचालन गरेका ।

Leave a Reply

Your email address will not be published.