बिधुत्मा रैका, कोहलपुर, असार ७,

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत एक भू–स्वर्गिय आनन्द दिन सक्ने सुन्दर जिल्ला हो बर्दिया । सुदूरपश्चिम प्रदेशसँग सिमा जोडिएको बर्दिया जिल्ला लुम्बिनी प्रदेशको पश्चिमी प्रवेशद्धार पनि हो । बर्दिया जिल्लाको पश्चिमी भागमा कर्णाली नदी र जिल्लाको मध्यभागमा बबई नदी बग्दछन् । त्यस्तै पश्चिमपट्टी कैलाली र बर्दियाको सिमाना हुदै कर्णालीको अर्को भङ्गालो बग्दै आएका छ । त्यस्तै पूर्वमा मानखोला, भादा नाला, बुढी नाला, डडुवा नाला, झरन गरि करिब एक सय बढि नदी नाला बग्दछन् । बर्दिया जिल्लालाई नेपालको अन्नभण्डारका रूपमा पनि चिनिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा मन्दिर, लोपोन्मुख पाटेबाघ, संरक्षित कृष्णसार लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रले बर्दियालाई चिनाएको छ । पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेशको बहराईच जिल्लाले बर्दियालाई छोएको छ । यस जिल्लाको कुल क्षेत्रफल २ हजार ०२५ वर्ग कि.मी. मध्ये दुई तिहाइभन्दा बढी भू–भाग (६८.७६ प्रतिशत) तराईको समथर जमिनले ओगटेको छ भने बाँकी भाग (३१.२४ प्रतिशत) मा चुरे पर्वत अवस्थित छ । विगतमा आदीबासी थारूहरूको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरूमा बाहिरी जिल्लाहरूबाट बसाईसराईको क्रम बढेसंगै जातिय र साँस्कृतिक विविधता रहेको छ । बर्दिया जिल्लामा प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका, मधुवन नगरपालिका, गुलरिया नगरपालिका, बाँसगढी नगरपालिकाका साथै गेरूवा गाउँपालिका र बढैयाताल गाउँपालिका रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार यस नगरपालिकाको घरधुरी संख्या १५,८५२ रहेको छ । परिवार संख्या १६,९५० रहेको छ । यहाँको कुल जनसंख्या ७२,८९२ रहेको छ । पुरुषको संख्या ३४,३५३ र महिलाको संख्या ३८,५३९ रहेको छ ।

बारबर्दिया नगरपालिका ऐतिहासिक, सांस्कृतिक धरोहरको चिनिएको बर्दिया जिल्लामा अवस्थित एउटा स्थानीय तह हो । बारबर्दिया शब्द थारू समुदायको बाह्र जना बर्दिवाहरू (ग्वालाहरू) सँग सम्बन्धित रहेको जनविश्वास रहेको छ । यस क्षेत्रमा थारू समुदायको बाह्र जना बर्दिवाहरू गाई, गोरु चराउन जंगलमा गए र देउतालाई वलि दिने भनी नाटक गर्दा दश जना बर्दिवाहरू लोप भए । बाँकी दुईजना बर्दिवाहरू गाउँलेको डरले आ–आफ्नो घाँटी रेटी मृत्युवरण गरेको किंम्वदन्ती रहेको छ । बाह्र जना बर्दिवाहरू मरेको उक्त स्थानमा गाउँलेहरू बरहो बरदिया मण्डप निर्माण गरी पुजापाठ गर्न थाले । वडाको ऐतिहासिक, सांस्कृतिक धरोहरको रूपमा रहेको उक्त बरहो बरदिया (बारबर्दिया) मण्डपकै नामलाई आधार मानी स्थानीय समुदायको माग बमोजिम नै नगरपालिकाको नाम बारबर्दिया नामाकरण हुन गएको स्थानीयहरूको भनाई रहेको छ । बारबर्दिया नगरपालिका भौगोलिक हिसाबले निकै मिलेको नगरपालिका हो । तत्कालिन पदनाहा, बानियाभार, धधवार र मगरागाडी, गाउँ विकास समितिलाई समावेश गर्दै बनेको यो एक सुन्दर नगरपालिका हो । यस नगरपालिकामा ११ वडाहरू रहेका छन् । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको यो नगरपालिको आधा क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जले ओगेटेको छ । २२६.४६ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरबाबा नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, दक्षिणमा गुलरिया नगरपालिका र पूर्वमा बाँसगढी नगरपालिका रहेका छन् । नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । घरधुरी तथ्याङ्क सङ्कलन २०७५ को तथ्याङ्ककाआधारमा यस नगरपालिकामा कुल जनसंख्या ७०,९०४ रहेको छ । जसमा ३३,०३८ पुरुष र ३७,८६४ महिला र २ जना तेस्रो लिङ्गी रहेका छन् । विषेश गरि यस नगरपालिकामा थारू समुदायको बाहुल्यता रहेको छ । शहरी र ग्रामीण क्षेत्रको समिश्रण रहेको यस नगरपालिकामा उद्योग, व्यापार, कलकारखानाको राम्रो सम्भावना छ । यहाँ प्राचिन कालका पौराणिक क्षेत्रहरू, मठमन्दिर, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू प्रशस्त रहेका छन् ।

कृषि, पशुपालन, रोजगारी, व्यापार व्यवसाय, वैदेशिक रोजगारी यहाँका नागरिकको मुख्य पेशा हो । उर्वरायुक्त माटो भएकाले कृषिको राम्रो सम्भावना रहेको छ । नगरपालिकामा कुल ४५.५१ प्रतिशत खेतीयोग्य जमिनमध्ये ३.२४ प्रतिशत जल क्षेत्रले ओगटेको छ । धान, गहुँ, मकै, मास, मुसुरो, अरहर, आलस, तोरी यस नगरपालिकामा उत्पादन हुने मुख्य बालीहरू हुन् । यहाँ खाद्यान्नका साथै अन्य नगदे बाली तरकारी खेती, फलपूmल, उखु, तोरी, तरकारी, मसला तथा जडीबुटी र पशुजन्य उत्पादन वृद्धि गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेका छन् । पशुपालनका लागि पनि यो नगरपालिकामा राम्रोसम्भावना रहेको छ । थारू बाहुल्यता रहेकाले विषेश गरि यहाँ बंगुर पालन व्यवसायका लागि उपयुक्त मानिएको छ । कृषि, व्यापार, सेवामूलक व्यवसाय, नोकरी, यातायात सेवा, सूचना, प्रविधि, शैक्षिक प्रशिक्षण केन्द्र, वित्तीय सेवा,नदीनालाहरूमा माछापालन व्यवसाय, आधुनिक कृषि व्यवसाय जस्ता थप आर्थिक विकास यस नगरपालिकाको आम्दानीको स्रोतका सम्भावनाहरू हुन् । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस नगरपालिकाका मानिसहरूले मनाउने चाडपर्वमा विविधता पाइन्छ । दशैँ, तिहार, माघि, होलि, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, छठपर्व, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँकाप्रमुख चाडपर्वहरू हुन् । प्राकृतिक तथा सांस्कृतिक पाटोबाट यहाँको विकासलाई जोड्न सकिने थुप्रै आधारहरू भएकाले पर्यटनको हबका रूपमा विकास गर्न सकिन्छ । जिल्लाका अन्य स्थानीय तहहरूभन्दा यस नगरपालिकामा शैक्षिक अवस्था राम्रो भएकोले स्थानीय विद्यार्थीका साथै छिमेकी गाउँपालिका÷नगरपालिका तथा जिल्लाबाट समेत अध्ययनका लागि विद्यार्थीहरू आउने गर्दछन् । यो नगरपालिका राजनैतिक क्षेत्रमा पनि उत्तिकै अब्बल रहेको छ । स्थानीय तहको निर्वाचनबाट हाल एकीकृत नेकपामाओवादी केन्द्रले अधिकांश वडाहरूमा विजय हासिल गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले छोएकाले पनि यसनगरपालिकामा थुप्रै पर्यटकीय सम्भावनाहरू रहेका छन् । नगरपालिकामा दुई वटा होमस्टेको स्थापना गरिएको छ । सतखलुवा ताल, रानी जरूवा पार्क, खैरेनी होमस्टे तथा रम्मापुर होमस्टे आन्तरिक तथा वाह्य पर्यटकहरूलाई स्वागतकालागि जहिल्यै मुस्कुराई रहन्छ ।बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएकाले पनि बाढी, आगलागी र जंगली जनावरको आक्रमण पनि यस नगरपालिकाको प्रमुख समस्याको रूपमा रहेको छ । वन्यजन्तुबाट हुने हानी नोक्सानीका लागि निकुञ्जसँगको साझेदारीमा निकुञ्ज क्षेत्रमा तार घेरबार तथा वन्यजन्तुले असर गर्ने खालका बालीहरूको लगाएर आम्दानीको स्रोत बनाउन सकिने थुप्रै आधारहरू रहेका छन् ।

सिंचाइमा बारबर्दियासिंचाइमा बारबर्दिया
यस नगरपालिकाका अधिकांश नागरिकहरूले कृषिलाई जीविकोपार्जनको मुख्य आधार बनाएर जीवनयापम गरिरहेका छन् । त्यसका लागि सिंचाई प्रमुख स्रोत हो । यहाँ प्रशस्तै मात्रामा खेतीयोग्य जमिन रहेको छ । त्यस जमिनबाट राम्रो उत्पादन लिनका लागि सिंचाईको राम्रोसुविधा हुन जरुरी छ । यो नगरपालिका सिंचाई सुविधाको लागिपनि उपयुक्त मानिन्छ । बबई सिंचाइ आयोजना यस नगरपालिकाको मुहार फेर्ने योजनाको रूपमा रहेको छ । बबई सिंचाई आयोजना र यस नगरपालिकाले यहाँका किसानहरूका गरादेखि जरासम्मा पानी पु¥याएको छ । यहाँ सिंचाईको सुविधा राम्रो भएकोले उत्पादनमा टेवा पुगेको छ । किसानहरू पनि खुशी छन् । यो नगरका सबै वडामा बबई सिंचाई आयोाजनाको मुल नहर नै पुगेको छ । सिंचाईको सुविधा बाह्रै महिना भएकोले सधै नगरपालिकामा पर्ने जमिनहरू प्राय हरियाली नै देखिन्छन् । यहाँको जमिन कहिल्यै बाँझो राख्नु देखिँदैन । सिंचाइको सुविधाले गर्दा एउटा बाली भित्र्याएपछि अर्को बाली लगाउनका लागि तयार हुन्छ । सिंचाई क्षेत्रमा नगरपालिकाले लगानी गरिरहेको छ । चैत, बैशाख महिनामा भने बबई नदी तथा अन्य सहायक नालाहरूमा पानीको मात्रा घट्ने हुँदा यहाँका नागरिकहरूले कुनै–कुनै ठाउँमा सिंचाईका लागि पर्खनु पर्ने अवस्था रहेको छ । तर यो समस्या समाधानका लागि पनि नगरपालिका र बबई सिंचाई आयोजनाबाट पहल भैरहेको छ ।नगरपालिकाले पनि सिंचाई क्षेत्रमा पर्याप्त लगानी गरेको छ । विगत लामो समयदेखि आकाशे पानीको भरमा खेती लगाईरहेका किसानहरू नगरपालिकाले सिंचाई सुविधा उपलब्ध गराएपछि निकै खुशी भएका छन् । किसानको मागअनुसार नगरपालिकाले सिंचाइको लागि वार्षिक रूपमा बजेट विनियोजन कृषि उत्पादनमा वृद्धि भएको छ ।

पशुपालनमा बारबर्दिया पशुपालनमा बारबर्दिया
बारबर्दिया नगरपालिका पशु पालनका लागि निकै सम्भावना भएको नगरपालिका हो । नगरपालिकामा राष्ट्रिय निकुञ्ज, विभिन्न सामुदायिक वन तथा घाँसे मैदानहरू क्षेत्र छन् । घाँसे मैदान प्रशस्त भएकाले पशुपालनका लागि निकै सम्भावना रहेको छ र यसबाट राम्रो आम्दानी लिन सकिन्छ । यहाँका मानिसहरू पनि पशुपालनमा सक्रिय छन् । यस नगरपालिकामा विशेषगरी गाई, भैंसी, बाख्रा तथा बंगुरपालनको लागि उपयुक्त मानिन्छ । नगरपालिकामा बंगुर मिसन अभियान पनि संचालन भैरहेको छ । थारू बाहुल्यता रहेको हुनाले बंगुर पालनलाई विशेष महत्वका साथ अगाडि बढाइएको छ । यहाँका उत्पादन भएका पशु चौपाया तथा र पशुजन्य उत्पादनहरू बर्दिया जिल्लामा मात्रै नभई छिमेकी छिल्लाहरूमा पनि खपत हुने गरेको छ । यस नगरपालिकाका पशुपालक कृषकहरूलाईपशु क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय पशुपालन गर्नसिकाउन सके पशुपालनमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना रहेको छ । व्यवसायिक रूपमा पशुचौपाया पाल्ने ज्ञान, तालिम, आर्थिक तथा प्राविधिक सहयोग, अनुदान तथा बजारीकरणको व्यवस्था हुन सक्यो भने यसबाट धेरैको जीवन उकासिन सक्छ । नगरपालिकाले पशु बिमा कार्याक्रमलाई सफल रूपमा अगाडि बढाएको छ । आर्थिक समृद्धि हासिल गर्न व्यावसायिक रुपमा पशुपालन गर्न सकिन्छ । नगरको अर्थतन्त्र निर्माणमा महत्वपूर्ण स्थान ओगट्ने पशुपन्क्षीको व्यवस्थापन गर्न सके यो नगरलाई आर्थिक विकासमा टेवा पुग्न सक्छ ।

खानेपानीमा बारबर्दियाखानेपानीमा बारबर्दिया
बारबर्दिया नगरपालिकामा खानेपानीको उचित व्यवस्था छ । नगरका हरेक नागरिकहरूका घरघरमा पानीका धारा छन् । बालबालिकाको जीवनरक्षा र विकासका लागि स्वच्छ तथा सफा खानेपानी, आधारभूत शौचालय, उपयुक्त सरसफाइका बानीहरू अत्यन्तै महत्वपूर्ण छन् । यी आधारभूत सेवाबिना लाखौं बालबालिकाको जीवन जोखिममा रहेको हुन्छ । त्यसका लागि नगरपालिकाले हरेक विद्यालयहरूमा सुविधा सम्पन्न धाराहरू निर्माण गरेको छ । विद्यालयमा राखिएका धारामा चिसो तथा तातो खानेपानको व्यवस्था पनि गरेको छ । विभिन्न चुनौतिहरू हुँदाहुँदै पनि खानेपानी तथा सरसफाईको सुविधा विस्तारमा नगरपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको छ । मानिसहरूको दैनिक जीवययापनसँग जोडिएको अत्यावश्यक कुरा स्वच्छ तथा सफा खानेपानीको सुविधा सबै नागरिकहरूले उपभोग गर्न पाएका छन् । खानेपानीको गुणस्तर र वितरण प्रणाली भने बलियो बनाउन नगरपालिकाले बेलाबेलामा टंकी, पाइपहरू चेकजाँच गर्दै आएको छ । खानेपानी र सरसफाइ यो नगरपालिकाले उच्च प्राथमिकतामा पारेको छ । खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्दै यो नगर अगाडी बढिरहेको छ ।

रोजगारमा बारबर्दियारोजगारमा बारबर्दिया
रोजगारी, बारबर्दिया नगरपालिकाको प्रमुख चासो र व्यवस्थापनको बिषयभित्र पर्छ । नगरपालिकाका नागरिकहरूलाई रोजगारीको पहंँचको व्यवस्था मिलाई विभिन्न क्षेत्रमा परिचालन गरेर नगरको समृद्ध विकासका लागि जनप्रतिनिधि प्रतिवद्ध छन् । हाल स्वदेशमा आवश्यक रोजगारी सजिलै प्राप्त नहुदा कतिपय नेपाली युवा विदेशिन वाध्य भएका छन् । त्यसका लागि नगरबाट संचालित ठूला पूर्वाधार विकास निर्माणका काम तथा प्रधानमन्त्री रोजागार कार्यक्रमबाट धेरैले घरमै बसेर रोजगारीको अवसर पाएका छन् । यस्तै नगरमा कृषि, पशुपालन, उद्योग धन्दा संचालन गर्न सकिने धेरै सम्भावनाहरू पनि छन् । कृषि पशुपालन तथा सहकारी, उद्योगको स्थापना तथा त्यसको व्यवसायीकरण गर्दै धेरै युवाहरूलाई नगर क्षेत्रमा रोजगारी दिन सकिन्छ । यस्तै नगरबासीहरूलाई विभिन्न सिपमुलक, आयमुलक तालिम, हामेस्टे संचालन लगायतका कुराहरूको ज्ञान दिँदै नगरपालिकाले स्वरोजगार बन्न प्रेरित गरिरहेको छ । स्वरोजगारमूलक कार्यक्रमहरूमा पनि नगरबासीहरूको पनि राम्रो सहभागिता रहेको छ । नगरपालिका मार्फत प्राप्त हुने रोजगारमूलक कार्यक्रमबाट स्थानीयको जीवनयापनमा ठूलो टेवा पुगेको छ । रोजगारीका कारण बालबालिकाकाहरूको शिक्षा आर्जनमा समेत सहयोग पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज पनि छेवैमा भएकाले स्थानीय पाठ्यक्रममा पर्यटकहरूलाई घुमाउन टुरिष्ट गाइड सम्बन्धि ज्ञान लिएर रोजगारीको स्थापना पनि गर्न सकिन्छ ।

पर्यटनमा बारबर्दियापर्यटनमा बारबर्दिया
बर्दिया जिल्लाको ईतिहास बोकेको यो नगरपालिकाले पर्यटनको प्रचुर सम्भावना बोकेको छ । पर्यटनका लागि प्रशस्तै प्राकृतिक स्रोतहरू छन् । पूर्वपश्चिम राजमार्गको छेवैमा रहेको तथा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रले ओगटेको बारबर्दिया प्राकृतिक रूपमा अत्यन्तै सुन्दर र मनमोहक छ । यो नगरपालिका अपार प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकोले यहाँ पुग्ने जो कोही पनि रमाउन सक्छन् । बग्दै गरेको बबई नदीले नगरलाई दाहिने दिशा पारेर घेरेको छ । वर्षायामका बेला नदीको पानीले नगरको आसपास घेरेर बग्छ । यो दृश्यले सबैको मनलाई तानिरहेको हुन्छ । यो क्षेत्र आन्तरिक मात्र नभई बाह्य पर्यटकको लागि घुमफिर गर्ने उपयुक्त थलो पनि हो । बारबर्दियाको पर्यटन प्रवद्र्धन र विस्तारको निम्ति नगरपालिकाले निकुञ्ज प्रवेशद्वार निर्माण, पार्क निर्माण तथा व्यवस्थापन, धार्मिक क्षेत्रको संरक्षण तथा प्रचार प्रसारमा जोड दिईरहेको छ । नगरपालिकाका विभिन्न पर्यटकीय क्षेत्रहरू, सतखलुवा ताल, सतखलुवा तालमा बन्ने भ्यु टावर लगायत होमस्टे, नगरमा रहेका पार्कहरू नगरपालिकालाई पर्यटन हवका रूपमा विकास गरिएको छ । त्यसलाई अझै उत्कृष्ट तरिकाले आवश्यक डिपिआर गरेर त्यसको विकास तथा विस्तारबाट राम्रो अर्थोपार्जन गर्न सकिने सम्भावना छ । वन र वन्यजन्तुमा आधारित पर्यटनको मात्रै विकास नभएर यहाँ जल पर्यटन विकासको सम्भावना पनि छ । त्यसका लागि बबइ नदिमा ¥याफ्टिङ, फिसिङ, स्वीमिङ लगायतका कुराको विकास गर्न सकिन्छ । पर्यटनलाई गरिबी निवारण र नयाँ आर्थिक विकाससँग आवद्ध गरी पर्यटन विकास गर्न सकेमा नगरलाई आत्मनिर्भर बनाउन सकिन्छ । नगरपालिकाले पनि पर्यटनलाई नयाँ आर्थिक विकास नीतिको उच्च प्राथमिकतामा पार्दै आईरहेको छ । युवा तथा खेलकुदमा बारबर्दियायुवा तथा खेलकुदमा बारबर्दिया युवाहरू परिवार, समाज, देश र विश्व परिवर्तन गर्न समक्ष हुन्छन् । त्यसरी नै खेल क्षेत्र पनि देशको एउटा प्रमुख मेरूदण्ड हो । नयाँ जोशका साथ परिवर्तन चाहने युवाहरूलाई कुलत आदिमा फस्नबाट जोगाउन र उनीहरूमा भएको खेलप्रतिको मोहलाई विस्तार गर्न यस स्थानीय तहले नगरका विभिन्न ठाउँमा खुल्ला रूपमा रहेका मैदानहरूमा आवश्यक घेरबार तथा पूर्वाधारको विकास गरेर खेल मैदानको निर्माण गरिदिएको छ । खेलकुदका क्षेत्रमा यस नगरपालिकालाई देश तथा विदेशमा चिनाउन सक्ने सम्भावना खेलप्रेमीहरूमा भएको हुँदा त्यसको विकास लागि नगरपालिका खेलप्रति प्रतिवद्ध भएर लागेको छ । बारबर्दियामा खेलकुद विकासको पाटोको राम्रो सम्भावना पनि छ । यहाँ विद्यालय, वडा तथा नगरस्तरीय खेलकुद प्रतियोगिताहरू आयोजना हुँदै आएका छन् ।

पूर्वाधार विकासमा बारबर्दिया
बारबर्दिया नगरपालिका भौतिक पूर्वाधार विकास क्षेत्रतर्फ क्रमिक रूपमा अघि बढिरहेको छ । स्थानीय चुनावअघिको अवस्था र हालको अवस्थामा निकै फेरबदल भएको छ । पहिला साँघुरा लाग्ने सबै बाटोघाटोहरू सफा र फराकिलो बनाएका छन् । विकासका हिसाबले निकै पछि परेको यो नगरपालिका हाल विकास निर्माणको चरणमा छ । भौतिक विकास नहँुदा यहाँका नागरिकहरूले निकै नै सास्ती भाग्नु परिरहेको अवस्था थियो । बदलिँदो समयसँगै यहाँ पनि भौतिक विकास निर्माणका कामहरू धमाधम बनिरहेका छन् । बाटो, भवन निर्माण, विद्युतीकरण, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका अन्यक्षेत्रमा नगरपालिकाले उल्लेख्य रूपमा विकास भएको प्रत्यक्ष देख्न र अवलोकन गर्न सकिन्छ । सेवा केन्द्रहरू थिएनन् । घण्टौं हिँडेर सदरमुकाम जानु पर्ने अवस्था थियो । हाल वडामै सेवा केन्द्रहरू निर्माण भएपछि छिटोछरितो काम हुने गरेको छ । गाउँगाउँमा सवारी साधनजान सक्ने गरि धुलाम्मे सडकलाई ग्राभेल, ग्राभेललाई स्तरोन्नती गरेर कालोपत्रे बनाइएको छ । विद्यालयहरूमा घेरबार नहुँदा बाहिरबाट आउने ध्वनी, पशुचौयापायले विद्यार्थीहरूको पठनपाठनमा असर गरेको कुरालाई व्यवस्थित गर्न सबै विद्यालयमा आवश्यक भवन तथा पर्खाल निर्माण गरिएको छ । तालतलैया तथा जातीय पहिचनाका विविध कुराहरूलाई संरक्षण तथा सम्वद्र्धन गर्न आवश्यक भौतिक संरचनाहरू निर्माण गरिएको छ । गाउँ–गाउँमा सिंहदरबार पु–याउने परिकल्पना अनुसार अगाडि बढेको नगरपालिकामा भौतिक पूर्वाधार विकासले फड्को मारेको छ । नगरपालिकाको मेरूदण्डका रूपमा रहेको भौतिक पूर्वाधारविकासले जनताहरूका मुहारमा खुसी ल्याईदिएको छ । नगरपालिकामा उदाहरणीय भौतिक विकास भएको छ । विकासका नयाँ संरचना निर्माण तथा पुर्ननिर्माण नै नगरलाई समृद्ध बनाउने प्रमुख आधारहरू हुन् ।

धार्मिक तथा सांस्कृतिक विविधतामा बारबर्दिया
बहुजातीय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृति, रहनसहन, भेषभुषामा पनि विविधता पाइन्छ । तिनै धार्मिक तथा सांस्कृतिक कुराको समिश्रण बारबर्दिया नगरपालिका । थारू बाहुल्यता रहेको हुनाले विशेष गरि माघीमा यहाँका मठ मन्दिरहरूका धार्मिक धर्मावलम्वी, भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ । साथै अन्य जिल्लाबाट बसाई सरी आएका मानिसहरूको पनि बसोबास भएको हुनालेयहाँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक कुराहरूलार्य संरक्षण, सम्वद्र्धन गर्न नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्दै आएको छ । नगरबासीहरू पनि सबैको धार्मिक कार्यक्रम सहभागी भएर रमाउने गरेका छन् । नगरपालिका सबै धर्मका समुदायका मानिसहरूको कुरालाई सम्वोधन गर्दै आएको छ । त्यसका लागि आवश्यक पर्ने कुराहरूको व्यवस्था गर्दै आएको छ । नगरमा अवस्थित फेनापति मन्दिर, वरोह मरूवा मन्दिर, कृष्ण प्रणामी, राधाकृष्ण मन्दिर, बुढि भवानी मन्दिर, शिव तथा हनुमान मन्दिर, दुर्गा भवानी मन्दिर, पाँचधाम, कालिकास्थान, सोनपुर, शान्ति, सन्देश चर्च लगायत धार्मिक मठमन्दिरहरूमा वडा तथा नगरले आवश्यक बजेटको व्यवस्था गरेर त्यसको संरक्षण र प्रचारप्रसारका लागि भूमिका खेल्दै आएको छ । यहाँ भेटिएका विभिन्न ऐतिहासिक पौराणिक मठमन्दिरहरूको महत्वलाई बाहिर ल्याउन नगरपालिकाले विशेष खालका कार्यक्रमहरू पनि गरेको छ । यहाँ परापूर्व कालदेखिका ऐतिहासिक क्षेत्रहरू छन् ।

तालिम, क्षमता अभिवृद्धिमा बारबर्दिया
पहिला बारबर्दिया नगरपालिकाका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई साँझ विहानको छाक जोर्न निकै सकस थियो । काम गर्ने मन भएपनिकुनै कुराको सीप नभएका कारण पैसा कमाउन गा¥हो थियो । त्यसलाई मध्यनजर गर्दै नगरपालिकाले विभिन्न व्यक्तिहरूलाई आयमूलक तथा सिपमूलक तालिम प्रदान गर्दै आएको छ । महिलाहरूका लागि सिलाई, कटाई, बुनाई तालिम, पुरुषहरूका लागि सिकर्मी, डकर्मी तालिम दिएर नगरबासीहरूको आयआर्जनमा टेवा पुगेको छ । यस्तै कृषि व्यवसायमा लागेका मानिसहरूलाई कृषि तालिम, पशुपालनसम्बन्धि तालिम, आवश्य आर्थिक तथा प्राविधिक तालिम दिएर व्यवसाय गर्न प्रेरित गरिएको छ । नगरमार्फत् तालिम लिएका सबै मानिसहरूले आफुले सिकेको सिपलाई विस्तारै व्यवहारमा उतारेका छन् । तालिम लिएकाहरूले केहि न केहि काम तथा व्यवसाय सुरू गरेका छन् । यसबाट एकातिर उनीहरू आर्थिक रूपमा बलियो भएका छन् भने अर्कोतिर नगरपालिकामा रोजगारीको समस्या दिनप्रतिदिन विस्तारै हट्दै गएको छ । विपन्न, एकल तथा घरको कामधन्दा सकेरफुर्सदमा बसेका महिलाहरूलाई लक्षित गरेर विभिन्न खालका सीपमूलक तालिम, गोष्ठीहरू संचालन गरिएपछि उनीहरूले त्यससम्बन्धि ज्ञान पाएका छन् । धेरैले आफ्नो सानोतिनो व्यापार, व्यवसाय पनि सुरू गरेका छन् । पैसा कमाउनकैलागि बाहिरी देश जानु पर्ने बाध्यतालाई गाउँमै रोजगारीको व्यवस्था गर्न बारबर्दिया नगरपालिका लाग्दै आएको छ ।

विद्युतीकरणमा बारबर्दिया
बारबर्दिया नगरपालिकाको सबै नागरिकहरूले अध्याँरो जीवनबाट मुक्ती पाएका छन् । वडाका हरेक बस्ती तथा टोलहरूमा विद्युत् विस्तारको काम धमाधमभएको छ । पुराना काठे पोलहरूको सट्टामा अहिले सिमेन्टका पोलहरू राखेर विद्युत् गरिँदै आएको छ । नगरपालिकामा सौर्य ऊर्जा, जैविक ऊर्जा सुधारिएको चुलो लगायत विद्युत् प्रणालीमार्फत् विद्युत सेवा उपलब्ध गराईएको छ । नगरपालिकाका सबै नागरिकहरूका घरघरमा बिजुली पुगेको छ । वर्षाैंअघि टुकीको मधुरो प्रकाशमा जीवन बिताउन बाध्य पश्चिम बारबर्दियाका बासिन्दाहरूको बिजुली विस्तारले घर मात्रै होइन अनुहार पनि उज्यालो भएको छ । स–साना बालबालिका तथा जेष्ठ नागरिकहरूलाई विशेष गरि बिजुली बत्तीको सहारामा घरभित्र बाहिर काम गर्न, हिँडडुल गर्न सजिलो भएको छ । विद्युत् बिस्तारसंगै नगरपालिकाको सम्वृद्धिको आधार यात्रा तय भएको छ । यस नगरपालिकाको वडा नम्बर ६ मा सडक बत्तिसमेत जडान गरिएका छन् । जसका कारण जयनगर बजार भएर रातीको समयमा कामकाज गर्ने मानिसहरू तथा बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई पनि सजिलो भएको छ । नगरका धेरै ठाउँमा नयाँ ट्रान्समिटर जडान भएर नगरबासीहरूलाई बिजुली बत्तीको पहुँचमा ल्याइएको छ । नगर भएर बग्ने बबई नदिबाट जलविद्युत आयोजना निर्माण गर्न सकिने अवस्था भए विद्युतीकरणमा थप सहजता आउने थियो ।

संचार तथा प्रविधिमा बारबर्दिया
सूचना, सञ्चार प्रविधिको तिव्र विकासले आधुनिक नगरपालिकाका रूपमा रुपान्तरण भएको छ । पहिलासूचनाको गतिलो माध्यम नभएकाले काम विशेषले कतै फोन गर्न पनि निकै नै समस्या झेलिरहेका नागरिकहरू अहिले वल्लो पल्लो घरसम्म पनि प्रविधिसँग जोडिएर नजिक भएका छन् । कोठाबाट विश्वको जुनसुकै कुनाको खबर थापा पाउने भएका छन् । अत्याधुनिक प्रविधिको विकाससँगै यहाँका नागरिकहरू दिप्रतिदिन त्यसमा अपडेट हुँदै आएका छन् । घरभन्दा बाहिर गएका आफन्त या जो कोहीसँग पनि सजिलै फोन, म्यासेज, भिडियो कल गरेर भौतिक दुरीलाई मनको दुरीले नजिक बनाएका छन् । प्रविधिले अहिले जो कोहीलाईआफन्त, साथीभाइ, ईष्टमित्रहरूसँग नजिक भएका छन् । पहिला सूचनाको माध्यम भनेको रेडियो, टेलिभिजन मात्रैथियो । पत्रपत्रिका त गाउँका सबै ठाउँमा पुग्दैन्थ्यो । प्रविधिको विकाससँगै सूचना, समाचारहरू पनि घरमै बसेर थाह पाउन सकिने अवस्था छ । त्यसका लागि नगरपालिकाले दिनप्रतिदिन विस्तार हुँदै आएको सबैखाले सूचना तथा संचार प्रविधिका क्षेत्रमा नगरबासीहरूलाई जोड्दै आएको छ । संचार तथा प्रविधिको विकासले यहाँका जनताका जीवनस्तरमा सुधार ल्याएको छ । विभिन्न बैंकिङ कारोबारका लागि टाढाको बैंकमै पुग्नु पर्ने बाध्यता हटिसकेको छ । नगरका विभिन्न क्षेत्रमा थ्रि जी, फोर जी, वाइफाइ, अनलाइन, डिजिटल सेवा प्रवाहको काम द्रुत गतिमा भैरहेका छन् ।

पर्यटन विकासमा सतखलुवा ताल
अघिल्तिर घना जङ्गल छ । पछिल्तिर थारू र पहाडीहरूको बाक्लो बस्ती छ । जङ्गलसँगै सटेको सतखलुवा ताल, तालको पूर्वतिर ग्याङ्ग र पश्चिममा भादा खोला छ ।पूर्वपश्चिम राजमार्गको बैदीचोकबाट साढे तीन किलोमिटर उत्तर लागेपछि सतखलुवा ताल पर्छ । ताल पुग्नु अगावै फराकिला बाटा, सफा मनोरम दृश्यका बीचमा सतखलुवा होमस्टे छ । जहाँ आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गरिन्छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९ स्थित सतखलुवा ताल पुग्ने जो कोही पनि शान्त वातावरण, मनोरम दृश्य, प्राकृतिक सम्पदा, वन्यजन्तुलाई आँखै अगाडि देख्न पाएपछि खुसी हुन्छन् नै । खैरेनी होमस्टे हुँदै १० मिनेट पैदल हिँडेपछि सिमसार जङ्गलमै उक्त ताल देखापर्छ । जैविक विविधताले भरिपूर्ण यो क्षेत्रमा विभिन्न २५० भन्दा बढी प्रजातिका चराचुरूङ्गी, पुतलीका साथै जङ्गली पाटेबाघ,चित्तल, बँदेल लगायतका जनावर तालमा देख्न पाइन्छ । बाटोमा होमस्टे र साना चिया पसल भेटिन्छन् । अर्गानिकतरकारी, फलफूल र दुग्धजन्य पदार्थ ठाउँ–ठाउँमा किन्न पाइन्छ । सतखलुवा ताल पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ । सामुदायिक वनभित्रको तालमा डुङ्गा सयरको व्यवस्था छ । विशेष गरि तालमा वन्यजन्तु, चराहरू पानी पिउन आउने भएकाले त्यसबेलका दृश्यहरू निकै रमाइला देखिने गर्छन् ।

पर्यटन विकासमा होमस्टे
बारबार्दिया नगरपालिका पर्यटनका लागि निकै आकर्षक मानिन्छ । यहाँ दैनिक १०० भन्दा बढि पर्यटकहरू यहाँका पर्यटकीय क्षेत्र अवलोकनका लागि आउने गर्छन् । यो नगरपालिकामा २ वटा सामुदायिक होमस्टको स्थापना भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई रैथाने कला, संस्कृति, रहनसहन, भेषभूषा, खानपान तथा पर्यावरणकाविविध आयामसँग जोडेर पर्यटन व्यवसायका लागि होमस्टे संचालन भएका छन् । नगर क्षेत्रमा रहेका खैरेनी सामुदायिक होमस्टे तथा रम्मापुर सामुदायिक होमस्टे पर्यटकका मुख्यगन्तव्यहरू हुन् । होमस्टे अर्थात् घरबास कार्यक्रम ग्रामीणपर्यटन विकासका लागि महत्वपूर्ण पूर्वाधार पनि हो । यहाँका होमस्टेहरूले यहाँ घुम्न आउने पर्यटकहरूलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने गर्छन् । यहाँका होमस्टेले वातावरण तथा जैविक विविधता संरक्षण गरेर गुणस्तरीय सेवा प्रदान गर्न र स्थानीय तहमा उत्पादित घरायसी उत्पादनमाआत्मनिर्भर बन्न समेत सघाउ पुगेको छ । स्थानीय सांस्कृतिक नाँचगान तथा फुलमालाका साथ पर्यटकको स्वागत गर्ने, पर्यटकहरूलाई सामुदायिक होमस्टे वा खुला ठाउँमा मौलिक परम्परा वा सांस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति मेला, जात्रा जस्ता गतिविधीहरू आयोजना गरी सहभागी गराउँछन् । सांस्कृतिक सम्पदा, संग्राहलय, घरेलु तथा हस्तकलाका सामाग्री, जंगल, वन्यजन्तु, चरा अवलोकन, जीवनशैली, कला संस्कृति आदी विषयमा अनुभव तथा ज्ञानको आदानप्रदान गराउने गर्छन् । यसका लागि नगरपालिकाले होमेस्टेको विकास तथा प्रचारप्रसारका लागि सहयोग गर्दै आएको छ ।

पर्यटन विकासमा थारू संग्राहलय
बारबर्दिया नगरपालिका थारु बाहसल्यता भएको नगरपालिका हो । यहाँ हिमाली तथा पहाडी मानिसहरूको मिश्रित बसोबास भएपनि थारु जाती यहाँको रैथाने समुदाय हो । त्यसैले पनि यहाँ थारु जातिहरूका कला, संस्कृति, भेषभुषा, सिपहरूको अवलोकनका साथै खानाका परिकारहरूको स्वाद लिन पाईन्छ । यति मात्र नभई यो नगरपालिकामा थारुसंग्राहलयको स्थापना भएका छन् भने अधिकांश स्थानमा संग्राहलयको स्थापना भैरहेका छन् । यहाँका थारु संग्रहालय आन्तरिक पर्यटक तथा वाह्य पर्यटकहरूका लागि आकर्षकको केन्द्र बन्दै गएका छन् । यो नगरपालिकाका स्थानीय तहहरू पनि थारु जातिको कला र संस्कृति जगेर्ना गर्नको लागि दाङमा थारु संग्राहलय निर्माणमा व्यस्त रहेका छन् । यहाँ रहेका संग्राहलयमा आदिवासी थारु जातिका कला संस्कृति झल्कने भेषभूषा, गरगहना, रितिरीवाज, परम्परा, कपडा, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरणसमेत राखिएका छन् । बारबर्दियालाई थारु कला संस्कृतिको नमूना नगरका रूपमा परिचय स्थापित गर्न तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्धेश्यले थारु संग्राहलय निर्माण भएका हुन् । पर्यटकलाई लक्षित गरी थारु समुदायले आफ्नो संस्कृति झल्कने नाचगान, भेषभूषा र खानपान प्रदर्शन गर्ने गरेका छन् । थारू समुदायको लोक संस्कृति तथा परम्परागत सामाग्रीहरूले सबैको मन लोभ्याएको छ । थारु समुदायको लोक संस्कृति तथा उनीहरूले प्रयोग गर्ने सामाग्रीहरूले थारु जातिको चिनारी खुलाउने काम गरेको छ । पछिल्लो समय थारू लोक संस्कृति तथा सामाग्री प्रयोगमा कमि आएको देखिन्छ । थारू संस्कृति लोप हुन सक्ने सम्भावना भएकाले नै थारू संग्राहलय स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published.