कपिल अञ्जान, बिधुत्मा रैका,
बाँके जिल्ला मध्य नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक विकसित तथा व्यापारिक जिल्ला हो । बाँकेलाई कर्णाली प्रदेश तथा सुदूपश्चिम प्रदेशको विकास क्षेत्रकै प्रमुख औद्योगिक क्षेत्र तथा मध्य हिमाली तथा सुदुर पहाडी भूभागहरुको हवाई नाका एवम् विकासक्षेत्रको प्रवेशद्वार मानिन्छ । बाँके जिल्ला आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा जिल्ला रहिआएको छ । यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पुर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगञ्जको नाका भारत सँग जोडिएको छ । बाँके जिल्लाको दक्षिणी भाग भारतिय सिमानासंग जोडिएकोले यो जिल्लालाई विषेश महत्वका साथ हेरिन्छ । पूर्व–पश्चिम रामार्गको समग्र भु–भाग ओगटेको यो जिल्लाको अनुमानित सरदर ८४ किलोमिटर पूर्व पश्चिम र उत्तर–दक्षिणको चौडाई करिव ४० कि.मी. छ । यस जिल्लाको दक्षिण भागमा तराईको समथर भूभाग र उत्तरी भागमा पूर्व–पश्चिम फैलिएको चुरे श्रृंखला रहेको छ । भौगोलिक वनावट अनुसार तराईको समथर भूमी, उत्तरको भावर प्रदेश र चुरे पर्वत श्रेणी गरि तीन भागमा विभाजन गरिएको छ । यो जिल्लमा थारु, पहाडी, चिडिमार, दलित, क्षेत्री, ब्रामण तथा हिन्दु, मुस्लिम, बौद्धा लगायतका समुदाय तथा धर्मावलम्वीहरुको मिश्रित बसोबास रहेको छ । उत्तरमा दाङ्ग र सल्यान जिल्ला, दक्षिणमा भारत, पूर्वमा दाङ्ग र भारतीय सिमाना तथा पश्चिममा बर्दिया जिल्लाले बाँकेलाई घेरेको छ । वि.सं.१९१४ मा भारतमा भएको सिपाही बिद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गले ब्रिटिस इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे बापत वि.सं. १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भाग मध्ये पुरस्कार स्वरूप वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बाँके लगायतका जिल्लाहरूलाई “नयाँ मुलुक“ का रूपमा चिनिन्छ बाँके । बाँके राष्ट्रिय निकुञ्जु, बागेश्वरी मन्दिर, हात्तिसार, पाटेबाघ, होम स्टे, गाभर भ्याली लगायतका धार्मिक तथा पर्यटकिय क्षेत्रले बाँकेलाई चिनाएको छ । यो जिल्ला उर्वरा भुमीको कारण अन्नबालीको लागि पनि प्रख्यात छ । यो जिल्ला यस क्षेत्रको शैक्षिक र स्वास्थ्यका क्षेत्रमा अगाडी रहेको छ । हिमाली पहाडी तथा सुदूरपश्चिम क्षेत्रका नागरिकहरु सुलभ स्वास्थ्य सेवा र शिक्षाका लागि यहाँ आउने गर्छन् । बागेश्वरी मन्दिर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरू यहाँको सांस्कृतिक धरोहरहरू हुन् । बाँकेमा नेपालकै ठूलो सिक्टा सिंचाइँ आयोजना यहाँको आर्थिक उन्नतीको आशा लाग्दो केन्द्रका रुपमा स्थापित भएको छ ।
बाँके जिल्ला पर्ने सुन्दर नगरी हो कोहलपुर । साविकका रझेना र कोहलपुर गाविस समायोजन भई कोहलपुर नगरपालिका बनेको हो । राणा कालदेखि नै चटार र त्यस वरपर काठका कोल थिए । जसमा तोरी पेलेर तेल निकालिन्थ्यो । थारू जातिले उक्त कोललाई ‘कोलपुरवा’ भन्थे । यसरी कोलपुरवाबाट अपभ्रंश हुँदाहुँदै कालान्तरमा यसको नाम नै ‘कोहलपुर’ रहन गयो । बाँकेको मुटु पनि हो कोहलपुर । कोहलपुर भएरै चारैतिर पुग्न सकिने भएकाले यसलाई मुटुकै रूपमा लिन सकिन्छ । कोहलपुर यहाँको अर्को महत्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालिका कायम भएको कोहलपुर सिङ्गो मध्य तथा सुदुर पश्चिमको पर्वेशद्वार हो । कोहलपुर नगरपालिका यो नगरपालिकाको पूर्वमा राप्तीसोनारी गाउँपालिका, पश्चिममा बैजनाथ गाउँपालिका, उत्तरमा सल्यान जिल्लाको चुरे पहाड श्रृंखला पर्दछ भने दक्षिणमा जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका पर्दछ । जातीय, धार्मिक, भाषिक, साँस्कृतिक, सामाजिक तथा राजनीतिक महत्व तथा विशेषता बोकेको यस कोहलपुरले आफ्नै खालको धार्मिक, राजनीतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपालिकामा १५ वडा रहेका छन् । राष्ट्रिय जनगणना २०७८को प्रारम्भिनतिजा अनुसार यहाँको २१२५१ घर संस्या रहेको छ । परिवार संस्या २४३४६ रहेको छ भने जम्मा १०००२८९ जनसंख्या रहेको छ । जसमा पुरुष ४८३८४ महिला ५१९६५ रहेका छन् । यहाँ पनि विभिन्न जात–जाति तथा धर्मावलम्बिहरुको बसोवास रहेको छ । विभिन्न क्षेत्रमा रहेका शिवालय मन्दिर, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, विभिन्न शैक्षिक संस्थाहरुले कोहलपुरलाई चिनाएको छ । स्थानीय तहको निर्वाचन पछि यो नगरपालिका विकासको चरणमा छ । कोहलपुरका सुन्दर दृषावलोकनका लागि गोलपार्कमा भ्युटावर निर्माण भैरहेको छ । भौतिक पूर्वाधार विकास अन्तरगत नै अन्तराष्ट्रिय स्तरको बसपार्क निर्माण कै क्रममा छ ।
कोहलपुर नगरपालिकाको वडा नम्बर २ सुन्दर तथा समुन्नत वडा हो । वडा नम्बर १ र कोहलपुर नगरपालिकाको बिचमा पर्ने यो वडा बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ । कोहलपुर नगरपालिकाको वडा नं २ साबिक रझेना गाउँ विकास समितिको वडा नं. ४ बाट बनेको हो । वडाको क्षेत्रफल १६.३८ वर्ग किलोमिटर रहेको छ । रत्नराज्य राजमार्ग देखि पूर्वपश्चिम राजमार्ग तथा बाँके राष्ट्रिय निकुञ्जसम्म यो वडा फैलिएको छ । वडाको जनसंख्या अनुमानित ११७४६ रहेको छ । यस वडामा आदिवासी, जनजाती, थारु लगायत सबै जात जातिहरुको मिश्रित बसोबास रहेपनि थारु जातिहरुको वाहुल्यता रहेको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ को आर्थिक अवस्था कमजोर रहेको छ । वैदेशिक रोजगारी, नोकरी तथा कृषि कर्म यहाँका मानिसहरुको मुख्य पेशा हो । यस नगरपालिका क्षेत्रको करिब ६० किलोमिटर क्षेत्रमा डुडुवाखोला, किरणनाला, सानो डुडुवानाला, इटानाला, रोहीणीखोला, रानीघाट लगायतका खोलाहरु बग्ने गर्दछन् । भूतैया ताल, जोरत्ते टप्पर, जोरत्ते सिमसार क्षेत्र र ताल यस नगरपालिकामा रहेका तातलैयाहरु हुन् । यहाँ फराकिला खेल मैदानहरु रहेका छन् । तेह्र बिघा मैदान यहाँको मुख्य खेल मैदान हो । यसबाहेक कृष्ण माद्यामिक विद्यालय सहित केही माध्यमिक विद्यालयहरुमा समेत प्रशस्तै फराकिला खेल मैदानहरु रहेका छन् । विभिन्न जाति तथा धर्मावलम्बिहरुको बसोवास रहेको हुँदा यहाँका संस्कार संस्कृतिहरुमा पनि विभिधता पाईन्छ । कृषि, पशुपलान, कुखुरा पालन लगायतका प्रशस्त सम्भावना रहेको यो वडा यो वडा बिकासको बाटोमा लम्कदै छ । स्थानीय तहकाने निर्वाचान पछि यो वडा निकै फेरिएको छ । वडाको मुहार फेर्ने थुप्रै योजनाहरु संचालन भैरहेका छन् । भौतिक पूर्वाधार निर्माणदेखी आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने यो वडाको लक्ष्य रहेको छ । कोहलपुर को वडा नम्बर २ धार्मिक विविधतायुक्त वडा हो । यहाँ धार्मिक सहिष्णुता झल्काउने विभिन्न धर्मावलम्बीहरुका धार्मिक स्थलहरु रहेका छन् । दर्जनौँ हिन्दू धर्मवालम्बीहरुका मन्दिरहरु छन् ।
सडक संजालले जोडेको वडा
पूर्वाधार विकासको आधार हो सडक । कोहलपुर नगरपालिकाको वडा नम्बर २ मा भएको सडक संजाल विस्तार हुनु वडाका नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण मानिएको छ । वडाका पत्येक टोलमा निर्माण भएका सडकहरुले यस क्षेत्रका नागरिकको जीवनशैली पनि फेरिएको छ । ट्रयाक समेत नखोलिएका तथा वर्खाका हिलाम्वे तथा हिउँदका धुलाम्मे सडकहरुको प्रगतिले यहाँका नागरिकहरुका विगतका निशारा बिर्साइदिएको छ । साँघुरा सडक फराकिला भएका छन् । कच्ची सडक पक्की बनेका छन् । अन्य ठाउँमा पनि धमाधम काम भइरहेको छ । वडाका अन्य सडकहरुका कच्ची तथा पक्की नाली निर्माणको कामले पनि तिव्रता पाईरहेको छ । सडक निर्माण सँग यो वडाको विकासले ठूलो फट्को मार्ने निश्चित छ । पक्की सडक बनेसँगै स्थानीयलाई एक ठाउँबाट अर्को ठाउँसम्म आउजाउ गर्न सजिलो भएको छ । रत्न राजमार्ग तथा पूर्व–पश्चिम राजमार्गसम्म उनीहरूको पहुँच विस्तार भएको छ । सडक सुविधा भएसँगै स्थानीय उत्पादनलाई सजिलै बजारसम्म पु¥याउन सकिएको छ । सडक नहुँदा उत्पादनलाई घरमै खपत गर्नुपर्ने वा घरमा खपत गरेर नसकिँदा सडाएर फाल्नुपर्ने तरकारी तथा अन्य सिजनेबल खाद्यान्न बेचबिखन गरेर अन्य आवश्यकता पूरा गर्ने अवसर स्थानीयले पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि वडाका सडक निर्माणदेखि गाउँमै रोजगार सिर्जना गर्न पनि सहयोग पु¥याएको छ । सडक निर्माण भएसँग कृषि कर्म तथा अन्य व्यवसाय गर्ने उद्यमीहरुका लागि त झन वरदार सावित भएका छन् यि सडकहरु ।
नाली निर्माणले ल्याएको परिवर्तन
सडक निर्माणको प्रमुख मेरुदण्ड हो नाली निर्माण । पानी निकासको प्रमुख माध्यम पनि हो नाली । नाली निर्माण नहुँदा निर्माण गरिएका सडकहरुको कुनै औचित्य रहँदैन । नाली नहुँदा वर्खामासमा पानी पर्दा सडक कटानको एकदमै जोखिम रहन्छ । अझै कच्ची सडठकहरुमा भन्ने हो भने सडक हिलाम्य भई सवारी साधन सञ्चालन हुन सकस नै पर्छ । कोहलपुर नगरपालिका वडा नम्बर २ को समस्या पनि यस्तै थियो । वडाका सडकहरुमा नाली नहुँदा सडक हिलाम्मे हुने, सडक कटान हुने, डुबान हुने तथा आसपासका घरहरुमा पानी पस्ने समस्या थियो । तर पछिल्ःलो समय वडाका हरेक सडकहरुमा नाली निर्माण भैरहेका छन् । स्थानीय तहको निर्वाचन पश्चात सडक निर्माणको काम सहित वडाका सडकहरुमा नाली निर्माण पनि धमाधम भैरहेका छन् । हाल वडाका विभिन्न पक्की तथा कच्ची सडकहरुमा नाली निर्माण भैसकेका छन् । नाली निर्माण भएपछि यहाँको पानी सहजै निकास भैरहेको छ । यहाँका नागरिकहरुले सुखले हिडडुल गर्न पाएका छन् ।
रोग निको पार्ने वडा
कोहलपुर नगरपालिकाको वडा नम्बर २ स्वास्थ्यको क्षेत्रमा राम्रो विकास भएको वडा हो । वडामा आधारभुत स्वास्थ्य चौकी देखि नगर अस्पतालसम्मको स्थापना भएको छ । स्थानीय तहको निर्वाचनको यो अवधीमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य रुपमा विकास भएको प्रतक्ष्य देख्न सकिन्छ । स्वास्थ्य चौकीको भवन नहुँदा सेवा सहित समान राख्ने पनि समस्या थियो । हाल वडामा स्वास्थ्य कार्यालयको भवन निर्माण भएर नयाँ भवनबाट सेवा सुभारम्भ भैरहेको छ । हाल वडाका नागरिकहरु वडा स्वास्थ्य कार्यालयबाटै स्वास्थ्य सेवा लिन पाउँदा निकै खुशी छन् । नजिकै स्वास्थ्य कार्यालय हुँदा पनि चेकजाँच तथा सिटामोलको लागि कोहलपुर बजार आउने वा विभिन्न मेडिकल धाउने स्थानीय नागरिक यतिबेला भने वडाकै स्वास्थ्य चौकी जवाने गरेका छन् । भौतिक संरचनादेखि गुणस्तरीय स्वास्थ्य सेवा, खोप सेवाहरु यहाँबाट प्रवाह हुँदै आएको छ । सामान्य बिरामीहरु पनि कोहलपुर नेपालगञ्जका साथै अन्य ठाउँमा जाने गरेका थिए । हाल वडाबाट सहच रुपमा सुलभ स्वास्थ्य सेवा पाउन थालेका छन् । वडाको १३ बिगाहमा बाल अस्पताल निर्माण पनि निर्माण गरिएको छ । बालबालिकाहरु कुनै पनि रोग लागेमा टाढा जानु पर्ने बाध्यताको अन्त्य गर्दै वडामा बाल अस्पताल स्थापना गरिएको छ । बालबालिकाहरुले वडामै बाल अस्पताल पाउने भएपछि नागरिकहरु पनि एकदमै खुशी भएका छन् ।
व्यवसायिक कृषिखेतीले धानेको वडा
नेपाल कृषि प्रधान देश हो । नेपालका अधिकांश मानिसहरू कृषि पेशामा निर्भर छन् । कोहलपुरको वडा नम्बर २ पनि कृषि पेशामा आवद्ध भएको एक वडा हो । यहाँका मानिसहरुको दैनिकी कृषि कर्ममै व्यतित रहेको छ । बिहान देखि साँझ नपरुञ्जेल यहाँका नागरिकहरु खेत बारीमै व्यवस्त रहन्छन् । यहाँ धान, गहुँ, मकै, दलहन, तेलहन, तरकारी, नगदेवालीहरु पशस्त उत्पादन हुने गरेको छ । वडाको अधिकांश जमिन खेतीयोग्य जमिन हो । कृषिमा आधुनिकिकरण गर्दै कृषिमा यो वडालाई आत्मनिर्भर बनाउन सकिने थुप्रै सम्भावनाहरु छन् । कृषि क्रान्तिका लागि यस वडाले ठुलो सम्भावना अगोटेको छ । आदिवासी जनजाती समुदायका मानिसहरुको जग्गा प्रसस्त भएकोले आधुनिक कृषि खेती कृषि फर्म खोली व्यवसाय गर्न सकिने राम्रो सम्भावना रहेको छ । यस वडामा मुख्य आय आर्जनको रुपमा कृषिलाई मुख्य व्यवसायको रुपमा लिएको छ । तेस्रो व्यवसायलाई जिवन निर्वाहको आधार मानिएको छ । वडाको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान धेरै नै रहेको छ । यहाँको श्रमशक्ति कृषि क्षेत्रमा संलग्न छ । च्याउखेती, बेमौसमी तरकारी खेति यस वडाको मुख्य व्यवसायको रुपमा लिएको छ ।
सिंचाइ भिजेको वडा
कृषि उत्पादन तथा उत्पादकत्व बृद्धिमा सिंचाइको अहम भूमिका रहन्छ । यस यहाँ प्रशस्तै मात्रामा खेतीयोग्य जमिन रहेको छ । त्यस जमिनबाट राम्रो उत्पादन लिनका लागि सिंचाईको राम्रो सुविधा हुन जरुरी छ । सिंचाई विना कृषि उत्पादन सम्भव छैन । यो वडामा पनि सिंचाईको सुविधा नहुँदा उत्पादनमा निकै समस्या आउने गरेको थियो । उत्पादन पनि सोचे जति भैरहेको थिएन । हाल यहाँका नागरिकहरुले कृषिलाई जीविकोपार्जनको मुख्य आधार बनाइरहेको सन्दर्भमा वडा कार्यालयले सिंचाई क्षेत्रमा पर्याप्त लगानी गरेको छ । विगत लामो समयदेखि आकाशे पानीको भरमा खेती लगाईरहेका किसानहरु वडा कार्यालयले सिंचाई सुविधा उपलब्ध गराए पछि निकै खुशी छन् । वडाले सिंचाइको बजेट वार्षिक रुपमा किसानको माग अनुसार सम्बोधन गर्दै आईरहेको छ । सिंचाइ क्षेत्रमा वडाका विभिन्न आयोजनाहरु सञ्चालन हुँदै आएका छन् । यो वडा वर्षैभरि सिंचाइ सुविधा उपलब्ध हुने क्षेत्रको विस्तारमा केन्द्रित हुँदै आएको छ । यसका लागि जलस्रोत उपयोगका गर्दै बिद्युत्तीय सिंचाइलाई उच्च प्राथमिकता दिंदै आएको छ । सिंचाइ विकास र व्यवस्थापनमा वडाको भूमिका तथा उत्तरदायित्व क्रमिक रूपमा वृद्धि गर्दै हुँदै आएको देखिन्छ । यस वडामा सिंचाईको राम्रो व्यवस्था थिएन । हाल भुमिगत सिंचाईको रुपमा साना समरसियल बोरिङ्ग तथा सान कृषि मोटरद्धारा किसानका बालीमा पानी पुगेको छ । खेतीपाती हराभरा हुँदै आएका छन् । वडामा बोरिङ्ग तथा सान कृषि मोटरद्धारा खेती गर्ने कार्य गरिएको छ । यस वडामा दिर्घकालीन सिंचाइको रुपमा यस वडाको विच भागमा रहेको किरण नालालाई प्रयोग गर्न सकिने धेरै आधारहरु छन् ।
खानेपानीको व्यवस्थापन भएको सफा वडा
स्वच्छ खानेपानी जनताको मौलिक अधिकारको रुपमा रहदै आएको छ । जनताहरुको जीवनरक्षा र विकासका लागि सफा खानेपानी, आधारभूत शौचालय तथा उपयुक्त सरसफाइका अत्यन्तै महत्वपूर्ण छन् । यी आधारभूत सेवा विना मावन जीवन जोखिममा रहेको हुन्छ । सोही अनुसार खानेपानी र सरसफाइ यो वडाले उच्च प्राथमिकतामा पारेको छ । खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्दै यो वडा अगाडी बढिरहेको छ । वडाको एक घर एक धाराको अवधारणा अनुसार पत्येक घरका आगनहरुमा धारा जडान गरिएका छन् । खानेपानीको पहुँच नभएका घरमा धारा विस्तारको काम हुँदैछ । सबै वडाका जनताहरुलाई सफा र स्वच्छ पिउनेपानीको सहज व्यवस्था गर्ने यो वडाको लक्ष्य रहेको छ । वडाका हरेक घरधुरीमा खानेपानी व्यवस्थापन गर्दै वडालाई खानेपानीमा सुखी वडा बनाउने वडाको लक्ष्य रहेको छ । सम्पूर्ण वृद्ध वृद्धा, बालबालिका तथा तिनका परिवारलाई सफा र दिगो खानेपानी र सरसफाइको सुविधा घरमै पु¥याईएको छ । खानेपानीको सुविधाबाट बञ्चित जनसंख्यासम्म खानेपानीको पहुँचसम्म पुगेको छ । नागरिकहरुका घर÷घरमा नै खानेपानीको व्यवस्था भएपछि वडाबाट ईनारहरु विस्थापित नै भैसकेका छन् । खानेपानीको सुविधा विस्तारमा यो वडाले उल्लेखनीय प्रगति हासिल गरेको छ । वडाले विद्यालय, स्वास्थ्य संस्थाहरुमा सुरक्षित खानेपानीको सुविधामा सुधार ल्याएको छ । यो वडा सरसफाईमा पनि अब्बल रहेको छ । सरसफाइको सामाजिक अभियान तथा पूर्ण सरसफाइको अभियानलाई बृहत बनाउदै वडामा फोहोर रहित वडा बनाउने तयारी भैरहेको छ ।
पशुपालनको उचित सम्भावना
विश्व मानव सभ्यताको विकाससँगै पशुपन्क्षी मानिससँग रहदै आएका छन् । यसर्थ, यी मानव सभ्यता र विकासका सहयात्री हुन् । पशुपन्क्षी पलान मार्फत आर्थिक उन्नतीमा नौलो आयाम ल्याउन सक्ने एउटा गर्विलो खम्बा बनाउन सकिन्छ । पशुपालन व्यवसायका लागि वडा नम्बर २ उत्कृष्ट सम्भावना बोकेको वडा हो । शिद्धि सामुदायिक वन तथा राष्ट्रिय निकुञ्जको घाँसे क्षेत्र यो वडामा पर्ने भएकाले पशु पालनका लागि वडालाई सम्भावित क्षेत्र मानिएको हो । स्थानीय श्रोत साधनहरु प्रयोग गरेर पनि राम्रोसँग पशु तथा पन्क्षी खरायो पालन गर्न सकिन्छ । आर्थिक समृद्धि हासिल गर्न व्यावसायिक रुपमा पशु पालन गर्न सकिन्छ । वडाको अर्थतन्त्र निर्माणमा महत्वपूर्ण स्थान ओगट्ने पशुपन्क्षीको व्यवस्थापन गर्न सके यो वडालाई आर्थिक विकासमा टेवा पुग्न सक्छ । पशुपन्क्षी पालन व्यवसायलाई व्यवस्थित, आयमूलक तथा आकर्षक बनाउने वडाको लक्ष्य रहेको छ । वडाका अधिकांश जनताहरुले पशुपालनलाई आम्दानीको स्रोतका रुपमा पाल्दै आएका छन् । गाई, भैँशी, बाख्रा, बंगुर तथा कुखुरा, हाँस, टर्की, लौकाडहरु यहाँ प्रसस्त पाईदै आएको छ । यस्तै माछा पालनका लागि पनि यो वडा उत्कृष्ट छ । पशुपन्क्षीले खाद्य तथा पोषण सुरक्षा, गरिबी न्यूनीकरण र रोजगारी सिर्जनामा प्रत्यक्ष सघाएको छ । पशुपन्क्षी पालनबाट वडालाई आत्मनिर्भर बनाउन सकिने थुप्रै आधारहरु छन् । गाईभंैसी, पालनबाट दुँध, घ्यु, दही बिक्रि गर्दै आएका यहाँका नागरिकहरु बाख्रा, कुखुरा तथा माछा लगायतबाट आर्थिक लाभ लिरहेका छन् । पशुपक्षी, पशुजन्य पदार्थ तथा पशुपक्षी उत्पादन सामग्रीको स्वस्थ्य उत्पादन, बिक्रीवितरणका लागि वडा कार्यालयले पनि किसानहरुसँग समन्वय गरिरहेको छ ।
शिक्षाले ल्याएको परिवर्तन
कोहलपुरको वडा नम्बर २ शिक्षा क्षेत्रका लागि अब्बल मानिन्छ । शिक्षा विकासको आधार हो । साथै मर्यादित एवं परिष्कृत जीवन र सम्मानित रोजगारी तथा उद्यम विकासको आधारका रुपमा शिक्षालाई लिईएको छ । यो वडाको दिगो शान्ति र समृद्धिकाका लागि शिक्षा महत्वपूर्ण माध्यम हो । शिक्षा सम्बन्धि हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गराउन यो वडाले शिक्षा क्षेत्रको उत्कृष्ट विकास गर्दै आईरहेको छ । गुणस्तरीय भौतिक संरचना, पुराना भवनको पुर्ननिर्माण गर्दै आईरहेको छ । शिक्षामा हुने अनियमितता तथा शैक्षिक क्षेत्रका विकृतिहरुको अन्त्यका लागि वडाले विभिन्न अभ्यास गर्दै आईरहेको छ भने गुणस्तरीय शिक्षाका लागि विद्यालयमा नियमित बैठक, अनुगमन निरीक्षण गर्दै आएको छ । शिक्षक दरबन्दी थपघटका कामहरु पनि वडाले गर्दै आईरहेको छ । विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउनका लागि वडाले भर्ना अभियान जस्ता विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएको छ । वडाभरी नै आधारभूत तहसम्मको शिक्षामा पहुँच, आधारभूत तहसम्म अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यमिक तहसम्मको निःशुल्क शिक्षा पाउने हक प्रत्याभूत गराउने गरि काम गरेको छ । शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक तथा रोजगारमूलक बनाउँदै शिक्षामा वडाको लगानी अभिवृद्धि गदै नियमन र व्यवस्थापन गरी सेवामुलक बनाउने नीति लिएको छ । बालविकास केन्द्रहरुमा बालमैत्री सिकाई तथा खेलकुद र मनोरञ्जनको लागि पूर्वाधार र सुविधा उपलब्ध छन् । वडाको शैक्षिक विकासको बाटामा सबल र दीर्घकालीन धारबाट विकसित भैरहेको छ ।
पूर्वाधार विकासले फेरिएको वडा
स्थानीय तहको निर्वाचन पछि यो वडामा भौतिक पूर्वाधार क्षेत्रको विकासले निकै फड्को मारेको छ । सडक, शिक्षा, कृषि, पर्यटन, धार्मिक तथा सांस्कृति क्षेत्रका भौतिक संरचना निर्माण तथा पुर्न निर्माणले तिव्रता पाईरहेको छ । वडा कार्यालयको आफ्नै भवन रहेको छ । आफ्नै भवन भएपछि सेवा प्रवाहमा सजिलो भएको छ । विद्यालयका भवन, वडा कार्यालय भनव, स्वास्थ्य कार्यालय भवन, तारबार, कर्भड हल लगायतका अन्य विकास निर्माणका कार्यहरु यो वडामा भैरहेका छन् । किरणनाला तथा डुडुवा खोला कोहलपुर २ भएर बग्ने गरेका छन् । वर्खाको समयमा यि खोलामा पानीको सतह बढेर वडाका विभिन्न बस्तीहरुमा पस्ने गरेको छ । वडा नै बाढी तथा डुवानको जोखिममा पर्दै आएको छ । बाढी तथा डुवानका कारण वडामा कृषि बालीमा असर पु¥याउनुका साथै खेती योग्य जमिन कटान गर्दै आएको थियो । यसका लागि तटबन्धन, तारजाली तथा ह्युमपाईप राििखएको छ । ओम शान्तिको गेट निर्माण गरिएको छ । वडामा दलित संग्राहलय निर्माण गरिएको छ । लोपोन्मुख अवस्थामा पुगेका दलित समुदायले प्रयोग गर्ने सामाग्रीको संरक्षण गर्ने उद्देश्यले दलितसंग्राहलय निर्माण गरिएको हो । संग्राहलयमा दलित समुदायले प्रयोग गर्ने परम्परागत सामाग्रीहरू राखिएका छन् । वडामा विभिन्न पुल, पुलेशा, कुला, नहर, ट्याङ्की, जस्ता आवश्यकताहरु निर्माण गरिएका छन् । शिद्धि सामुदायिक वन वडाको प्रमुख स्रोतका रुपमा रहेको छ । सामुदायिक वन तथा निकुञ्जका जंगली जनावर तथा मानव बिचको द्धन्द न्युनिकरणका लागि सामुदायिक वनको गेट निर्माण गर्नुका साथै तारबार गरिएको छ ।
पर्यटन तथा होमस्टेको संभावनायुक्त वडा
पर्यटन यहाँको मौलिक उद्योग हो । पर्यटन क्षेत्र आर्थिक विकासको प्रमुख पक्ष हो । पर्यटकीय पूर्वाधारहरुको विकास गरी पर्यटन प्रर्वद्धनको माध्यमद्वारा दिगो अर्थतन्त्रको आधारशीला तयार पार्न पर्यटन क्षेत्रको विकास र विस्तार जरुरी देखिन्छ । यस वडा नं.२ मा पर्यटन तथा होमस्टेको संभावना अति नै छ । किन की कान्छो बाँके राष्ट्रिय निकुञ्ज यसै वडा नं. २ को उत्तरी किनाराका ४ वटा गाँउसँग जोडिएको छ । शक्तिनगर, मुक्तिनगर, विकासनगर यस्तै यस वडा नं. २ को कोहलपुर चौराहादेखि यस वडा नं.२ को विचभाग भएर उत्तर तर्फ रत्न मार्ग रहेको छ भने पश्चिम किनारामा पूर्व पश्चिम राजर्माग रहेको छ । साथै यस वडाको विच भाग भएर उत्तर चुरेपहाड बाट किरण नाला दक्षिण पश्चिम तर्फ वगीरहेको छ । र यस वडाको मुक्तिनगर गाँउको विच भाग भएर बाँके राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र गिद्धेनी चौर जाने बाटो पनि यसै वडामा पर्यटन मार्गको रुपमा रहेको छ । सोही सिमसार क्षेत्र प्रवेशका लागि प्रबेशद्धार निर्माणाधिन अवस्थामा रहेको छ । र सोही ठाँउमा पिक्नीक स्पोर्ट बनाएका छन् । यस वडाको उत्तर किनारामा जनएकता मध्यवर्ति सामुदायिक बन छ । सो ठाँउमा हरियाली आक्रर्षक स्थल रहेका छन् भने दक्षिण तर्फ सिद्धि सामुदायिक वन २२ विगाहामा रहेको छ । यसभित्र पिक्नीक स्पोर्ट र पार्क बन्दैछन् । सो स्थान कोहलपुर सिटीको मध्ये भागमा छ भने सोही किनाराबाट पूर्व पश्चिम राजर्माग रहेको छ । यातायात को सुविधा हुनुको साथै बतावरणीय हिसाबले पनि मोनोहर छ । बर्दिया राष्ट्रिय निकुञ्ज यहाँका मठमन्दिर, यहाँ रहेको सिमसार क्षेत्र पर्यटनका प्रमुख आकर्षक गन्तव्य हुन् । वडाको आर्थिक समुन्नतिमा पर्यटन विकासले भूमिका खेलेकै छ । वडाको विविधता, सौन्दर्य, कलाकारिता, धार्मिक रहनसहन, भेषभूषाले पनि यहाँको पर्यटन विकास तथा पर्यटक तान्न सकिन्छ ।
धार्मिक तथा सांस्कृतिक कुरामा अब्बल वडा
कला संस्कृतिले समुदायको चिनारी खुलाउने गर्दछ । यस्तै कला संस्कृति तथा धार्मिक क्षेत्रले चिनाएको वडा हो कोहलपुर २ । बहुजाति, बहुभाषिक, बहु सांस्कृतिक पहिचान, धर्म, संस्कृति, रहनसहन, भेषभुषा यहाँको चिनारी यो वडाको चिनारी हो । कला–संस्कृति, भेषभुषा–भाषाभाषी र धर्म–संस्कृतिकों विविधताले यो वडालाई चिनाएको छ । यहाँका विभिद परम्परागत संस्कृतिले सबैको मन लोभ्याएको छ । विभिन्न जिल्लाहरुबाट बसाई सरी आएकाले यो वडामा विभिन्न संस्कृति तथा धार्मिक आस्था रहेको पाईन्छ । यहाँ कर्णाली तथा सूदुरपश्चि प्रदेश, लुम्बिनी प्रदेश तथा देशका अन्य जिल्लाका लोक संस्कृतिहरु हेर्न पाईन्छ । तराई भुमी पुत्र थारु जातिको वाहुल्यता बढी रहेकोले यो वडामा विशेष गरी थारु कला, संस्कृतिलाई अवलोकन गर्न पाईन्छ । कला, संस्कृति, नाँचगानमा धनी थारु समुदाय आफैले सिर्जना गरेको गीतबाँस र नाँचगानमा जो कोही पनि रमाउने गर्छन् । थारु जातिको पौराणिक भाषा, भेषभूषा, रहन–सहन, संस्कार, कला तथा संस्कृतिक परम्परा अन्य समुदाय भन्दा भिन्न छ । आर्थिक, सामाजिक, तथा राजनीतिक हिसाबले पछि पारिए पनि साँस्कृतिक हिसाबले अन्य समुदायको तुलनामा थारु जाति निकै नै धन रहेको छ । तर अन्य ठाउँ जस्तै यो वडामा पनि पछिल्लो समय विभिन्न चाडपर्व तथा उत्सवहरुका नाँचिने नाँच र गाईने भाँकाहरु पनि फेरिदै जान थालेका छन । पछिल्लो समय थारु समुदायको सांस्कृतिक चिनारीका रुपमा रहेका यि विभिद संस्कृतिहरु लोपोन्मुख अवस्थामा छन् । पुखौदेखि नै चल्दै आएका मौलिक पहिचान तथा मौलिक संस्कृति जगेर्नाका लागि यो वडा सक्रिय भएको छ ।
रोजगारीको अथाह सम्भावना भएको वडा
आम नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा बृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नु अपरिहार्य भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ मा रोजगारी जोखिममा रहेको वडा हो । रोजगारीका लागि दैनिक युवाहरु वडाका नागरिकहरु छिमेकी देश भारत तथा अन्य देशहरुमा जान वाध्य छन् । घरमा बसेकाहरुको मुख्य व्यवसायको रुपमा कृषिमा बढि आपूर्ति भएर व्यवसायको आधारमा आश्रीत भई बचेको अवस्था छ । स्थानीय युवा तथा अन्य उमेर समुहका युवालाई स्वरोजगार बनाउन वडाले विभिन्न कार्यक्रम ल्याईरहेको छ । गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्नेमा वडाले जोड दिईरहेको छ । गाउँबाट भागेका युवाहरुलाई पुनःगाउँमै फर्काउने उद्देश्यका साथ वडामा स्वरोजगार मुलक कार्यहरु हुँदै आएका छन् । भौतिक संरचनाको पुर्ननिर्माण, पूर्वाधार विकास, पर्यटन विकास तथा प्रधानमन्त्री स्वरोजगार यहाँका प्रमुख रोजगारीका स्रोत हुन् भने वडामा विभिन्न वर्ग, समुदाय, तथा लक्षित व्यक्तिहरुलाई सिपमुलक तालिम दिएर व्यवसाय मार्फत स्वरोजगार हुने काम वडाले गर्दे आएको छ । वडामा संचालित विकास निर्माणका काम सँग यस वडाका नागरिकहरु प्रतक्ष्य लाभ लिन पाएका छन् । वडाले पनि स्थाीय निर्माणहरुमा वडाका नागरिकहरुलाई पहिलो प्राथमिकताका साथ राख्ने गरेको छ । जसका कारण स्थानीयहरुले गाउँमा रोजगारी पाउन थालेका छन् । भने घर व्यवहार चलाउन देखि बालबालिकाको शिक्षा दीक्षाका लागि अन्य देश धाउनु परेको छैन । वडामा सिपमुल तालिम प्रदान गर्दै वडा मै सिप र क्षमताको प्रयोग गर्दै आफ्ना नागरिकहरुलाई रोजगारी दिएको छ । वडाले सिलाई कटाई, बुनाई बाँस तथा निगाला बाट बन्ने सामाग्रीहरुको तालिम दिदै आएको छ । जसबाट थुप्रै मानिसहरु आभाम्वित भएका छन् ।
खेलप्रेमिहरूका लागि सम्भावनाको वडा
राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि खेलकुदको विकास अपरिहार्य छ । खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्नेछ । स्वास्थ्य र विकासका लागि खेलकुद भएको हुनाले समृद्धिमा खेलकूदको ठूलो महत्व रहेको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर २ मा स्थानीय तहको निर्वाचन सम्पन्नपश्चात अहिले नीति–नियम कार्यान्वयनका लागि विभिन्न पहलहरु गरिएका छन् । बिभिन्न कामहरु मध्येका धेरै महत्वपूर्ण विकास हो खेलकुद विकास । खेलकुद क्षेत्रको विकासका लागि वडा नम्बर ८ ले उल्लेख्य कामहरु गरेको छ । यो वडामा खेलकुद क्षेत्रले नयाँ गतिलिन सक्ने संकेत देखिएको छ । खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर वडाले काम गर्न थालेपछि खेल क्षेत्र तथा खेलाडी तथा खेलप्रेमीहरु उत्साहित भएका छन् । यो वडालाई खेलकुद क्षेत्रका लागि उर्भर बनाउदै खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ खुलकुद विकासले तिव्रता पाएको हो । वडामा रहेका विभिन्न् साना ठुला खेल मैदान तथा विद्यालयका खेल मैदानहरुलाई व्यवस्थित बनाउने कामहरु वडाले गरिरहेको छ । वडामा विभिन्न खेल प्रतियोगीताहरु पनि आयोजना भैरहन्छन । वडाले विभिन्न विधाका खेलाडीहरुलाई प्रोत्साहन गर्दै आईरहेको छ । निजी तथा सामुदायिक, प्राथमिक तहदेखि माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेलकुदमा भाग लिन अनिवार्य गरिने भनिएको छ । वडामा प्रधानमन्त्री कप, राष्ट्रपति रनिङ शिल्ड, मेयर तथा उपमेयर कप, क्रिकेट, भलिवल, तेक्वान्दो लगायतका विभिन्न खेलकुदहरु संचालन हुँदै आएका छन् । यो वडाका विद्यालयहरूमा स्वस्थ्य र प्रतिस्पर्धात्मक खेलमैत्री वातावरण बनाई भविष्यमा देशका लागि उत्कृष्ट एवं सक्षम खेलाडीको आधारशिला तयार गर्न वडा तत्पर रहेको छ ।
विद्युतीकरण विस्तार भएको उज्यालो वडा
मानव जीवनमा उज्यालो सबैभन्दा महत्पूर्ण छ । कोठा, घर, गाउँ या सडक जहाँ पनि उज्यालोको आवश्यकता पर्छ । कोहलपुर नगरपालिका वडा नम्बर २ पनि एक उज्यालो वडा हो । यहाँ विगत लामो समयदेखि बिजुली बत्ति पुगिसकेको छ । वडामा कोठा अँध्यारो घरमा टुकी तथा लाल्टिन बाल्नु पर्ने अवस्थाको अन्त्य भैसकेको धेरै भयो । वडामा बिजुली पुगेको हुनाले यहाँको गाउँहरु उज्याला भैरहन्छन् । बिजुली बत्ति हुँदा यहाँका नागरिकहरुलाई निकै नै सास्ती खेप्नुपथ्र्याे । रातीको समयमा घरभित्रै पनि सर्प, अन्य विषालु किरा तथा नजिकै निकुञ्ज भएका कारण जंगली जवारको त्रास रहन्थ्यो । अहिले भने बिजुलीका कारण सजिलो भएको छ । रातिको समयमा बत्ति बाल्न, गर्मीमा पंखा चलाउन तथा जाडोमा हिटर चलाउन पाएका छन् । बिजुलीबाट खाना पकाउने पनि गरेका छन् । अन्य कामकाजहरु गर्न पनि सजिलो भएको छ । सरकारी कामकाज तथा मोवाईल चार्ज गर्न, ल्याप्टप, कम्प्युरट चलाउन, फ्रिज चलाउने गरेका छन् । बिजुलीका कारण राती चोरी डकैती हुन सक्ने सम्भावना पनि निकै कम भएका छन् । यति मात्र होईन् खेतीबाली सिंचाईका लागि पनि निकै सजिलो हुँदै आएको छ । मोटरेवल बोरिङ मार्फत सिंचाई गर्दै आएका छन् यहाँका किसान । यस्तै खानेपानी तथा नुहाउने पानी प्रयोगका लागि पत्येक घरमा समरसियल मोटर जडान गरिएका छन् ।