कोहलपुर, जेठ २६,
मार्च १७ तारिख बाट वेपत्ता भएकी आरती खनालको बिहिबार अन्त्येष्टि गरिएको छ ।
गैर आवासिय नेपाली संघ ( एनआरएनए) जापान र चितवन समाज जापानको पहलमा मृतक खनालको शव बिहिबार अन्तेष्टी गरिएको हो । खनालको परिवारले गैर आवासिय नेपाली संघ जापानको नाममा खनाल हराएको र खोजी गरी सहयोग गरिदिनु भनेर चिठ्ठी पठाए लगतै उक्त घटनाको जिम्मा लिएर निरन्तर खोजीकार्य गर्दै आएको एनआरएनए जापानकी उपाध्यक्ष संगीता अधिकारी सुबेदी ले जानकारी दिनु भएको छ । खनाल हराउनुको संकास्पद भएकाले आफू दबाब दिन नछाड्ने बताउँदै एनआरएनए जापान मात्र नभएर परराष्ट्र मन्त्रालय ले पनि घटनाको बारे छानबिन गरिरहेको बताउनु भयको थियो ।
सुवेदीले खनालको मृत्यु कारण पोस्ट म्याडम को रिपोर्ट अनुसार पानीमा डुबेर मृत्यु भएको देखिएकाले पानीमा डुबेर घटेको घटनाको सत्य तथ्य बाहिर आउन पनि एकदमै कठीन हुने बताउनु भयो । जापान प्रहरीले पनि देश , जात, धर्म नभनी घटनाको सत्य ,तथ्य बाहिर ल्याउन प्रतिबद्धता गरेको छ आशा छ छिटै सत्य तथ्य बाहिर आउने बताउनु भयको छ । साथै सुवेदीले खनाल पढ्दै आएको विद्यालयका शिक्षक ले पनि खनालको खोजी कार्यमा अमूल्य भूमिका निर्वाहा गरेको भन्दै धन्यबाद समेत दिनु भयो । अन्तेष्टी को लागि पनि एनआरएनए जापान र चितवन समाज जापानको सयुक्त अभियानमा चार लाख बराबर उठेको र। उक्त रकम लागेको खर्च कटाएर पीडित परिवारलाई हस्तान्तरण सँगै सत्य तथ्य न्याय दिने बताउनु भयको छ ।
चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १२ स्थायी घर भई हाल उच्च शिक्षा अध्ययनका लागि ओसाकामा बस्दै आएकी आरती एक वर्ष अगाडि नेपाल वाट जापान आएकी थिन् । जापानमा उनी भाषा विद्यालय मा जापनिज भाषा अध्ययन गरिरहेकी थिइन् ।मार्च १७ तारिख देखि वेपत्ता भएकी खनाल में ८ तारिख उनी बस्दै गरेको सहर देखि करिब २१ की . मी टाढा रहेको समुन्द्रको किनारमा तैरिएको अवस्थामा परिचय नखुलेको एक शव फेला परेको थियो । खनालले चलाउँदै आएको साइकल, मोबाइल,कपडा लगायतको आधारमा खनाल जस्तै देखिए पनि जापान प्रहरीले भने शवको पुष्टि गर्न खनाल को परिवारको डि एन ए परीक्षण गर्नु पर्ने बताएको थियो । त्यस लगत्तै नेपाल स्थित खनालकोे परिवारको डिएन ए परीक्षण भए लगत्तै शब संग मेल खाए पछी आरती खनाल नै भयको पुष्टि भएको थियो ।