बिधुत्मा रैका, कोहलपुर, जेठ २०,
सुदुरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र हो बाँके जिल्ला । हिमाली तथा सुदुर पहाडी भूभागहरुको हवाई नाका एवम् विकासक्षेत्रको प्रवेशद्वारका रुपमा स्थापीत बाँके जिल्लाको प्रमुख सुन्दर शहर हो कोहलपुर । कोहलपुर सम्भावनाको शहर हो । यहाँ आर्थिक, सामाजिक, धार्मिक, व्यापारिक, पर्यटन जस्ता थुप्रै सम्भावनाहरु छन् । यति मात्र नभई कोहलपुर शैक्षिक क्षेत्रका लागि पनि उत्कृष्ठ गन्तव्य हो । कोहलपुरलाई शैक्षिक हवका रुपमा विकास गर्न सकिने प्रसस्तै सम्भावनाहरु छन् । यहाँका शैक्षिक संस्थाहरुले कोहलपुरलाई शैक्षिक सम्भावनाको शहरका रुपमा चिनाएको छ । त्यसैको एउटा गतिलो उदाहरण हो कोहलपुर २ बाँकेमा अवस्थीत गोरखा युनाईटेड पब्लिक स्कुल ।
यो स्कुललाई लुम्बिनी प्रदेशको सान, सबैको रोजाइ अनि गुणस्तरिय शिक्षाको केन्द्रका रुपमा चिनिदै आएको छ । कक्षा नर्सरीदेखि बि एस सि एजी सम्म पठन पाठन हुँदै आएको यस विद्यालयले आफ्नो नयाँ स्वरुप बनाउँदैछ । विगत लामो समयदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले कक्षा १० अध्ययन पश्चात विद्यार्थीहरुको गुणस्तरिय शिक्षाको मागलाई मध्य नजर गर्दै वि।सं। २०६५ सालदेखि विज्ञान तथा व्यवस्थापन संकाय संचालन गर्दै आएको छ । सबै तह एवं क्षेत्रका विद्यार्थीहरुलाई समेटने उदेश्य अनुरुप कक्षा ११ मा विद्यार्थीहरुलाई बिभिन्न शिर्षकहरुमा (SEE परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने जेहेन्दार विद्यार्थीहरु, प्रबेश परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरु, खेलाडीहरु, दुर्गम क्षेत्र एवं आर्थिक बिपन्नताका आधारमा) छात्रबृत्ती प्रदान गरिने ब्यवस्था रहेको छ ।
हालसम्म यस विद्यालयबाट कक्षा १२ पास आउट भएका विद्यार्थीहरुको संख्या १३६० रहेको छ । दक्ष जनशक्ति उत्पादनका लागि यो विद्यालयले अहम भुमिका खेलेको छ । यस विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरु डाक्टर, इन्जिनियर, सरकारी कर्मचारी तथा स्वरोजगार बनेका छन् । पूर्ण सुरक्षित भौतिक पूर्वाधार, शान्त एवं रमणीय तथा अनुसासित वातावरणमा अध्ययन अध्यापन गराउँने यस विद्यालयले नियमीत पृष्ठपोसण, अभिभावक भेटघाट एवं छलफल गर्दै अगाडी बढिरहेको छ । विद्यार्थीहरुको बाह्य ज्ञान वृद्धिका लागि नियमित भ्रमण एवं अतिरिक्त क्रियाकलाप गराउँदै यस विद्यालयले विद्यार्थीहरुको रुची अनुसार अध्यापन गराईरहेको छ । यस विद्यालयमा उच्च योग्यता भएका शिक्षक तथा शिक्षिकाहरुले विद्यार्थीको क्षमताका अधारमा अध्यापन गराउँदै आएका छन् ।
लुम्बिनी प्रदेशमै विभिन्न शैक्षिक उपाधिहरुबाट यो विद्यालय सम्मानित भैसकेको छ । शैक्षिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याए बापत ३ पटक राष्टिय पुरस्कारबाट सम्मानित यो विद्यालय गुणस्तरीय जिवनका लागी शिक्षा भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै अघि बढि रहेको छ । ‘क’ वर्गको ईजाजत प्राप्त यस विद्यालयमा प्रसस्त भौतिक पूर्वाधारका बावजुद पनि संख्यामा भन्दा गुणस्तरमा जोड दिदैं सिमित सेक्सनमा सिमित संख्यामा विद्यार्थीहरु राखी अध्यापन गराइन्छ । समयको मागलाई ध्यानमा राख्दै विद्यालयको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन गर्ने उदेश्य अनुरुप यो विद्यालयले पञ्च बर्षिय योजना ९२०७९÷२०८४० शार्बजनिक गर्दै सोअनुरुप विद्यालयको भौतिक पुर्वाधार बिकास, समयसापेक्ष पाठ्यक्रम एवं अध्ययन अध्यापन तथा प्रबिधिमा ठुलो लगानी गरीरहेको छ। । यो विद्यालय बाँके जिल्ला तथा लुम्बिनी प्रदेशको उत्कृष्ट विद्यालय भित्र पर्न सफल भएको छ ।