कोहलपुर, जेठ १८,

कोहलपुर खानेपानीको मिति २०८०र०२र०२गते साधारणसभा सम्पन्न भएको छ भने संचालन समितिको निर्बाचन हुन् बाँकी भएको बेला बजारमा विभिन्न मिस्रित भनाईहरु आएका छन् । यसै सन्दर्भमा संस्थाका सचिव प्रेम बहादुर कटुवाल क्षेत्रीसँग गरीएको कुराकानी :

लामो समयसँग साधारण सभा नहुनुको कारण के हो ?

यस संस्थाको विधान २०५८ दोस्रो संशोधित विधान २०७२ को परिच्छेद ६ को दफा ६ को उपदफा १ को ‘९’बमोजिम संस्थाको साधारण सभा प्रतिनिधिमुलक भएको र सोहि विधानको परिच्छेद ७ को दफा ७ को उपदफा ५को ‘क’ बमोजिम मिति २०७२ मंसिर १२ गतेका दिन सम्पन्न संस्थाको सातौ बार्षिक साधारण सभाको निर्णय बमोजिम गठित निर्वाचन समितिले परिच्छेद ७ को दफा ७ को उपदफा ५ को ९घ०बमोजिम संस्थाको आयोजना क्षेत्र भित्र पर्ने वडाहरुमा प्रतिनिधि चयन गरि वडा समिति गठन नगरिदिएक कारण संस्थाको बार्षिक साधारण सभा गर्न कानुनी रुपमा बाटो बन्द भएको समस्या एकातिर थियो भने अर्को तिर कानुन व्यवसायीको परामर्शमा दलीय सहमतिले बाधा अड्काउ फुकाउ गरि संस्थाको साधारण सभा गर्न खोजेकै बेला २०७६ र २०७७ सालमा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस ‘कोभिड १९’ का कारण नेपाल सरकारले पटक पटक गरेको लकडाउनले गर्दा साधारण सभा बिथोलिएको र मिति २०७७/०६/१७ गतेका दिन स्थानीय रुपमा उपलब्ध राजनीतिक दलका नेता, समाजसेवी, बुद्दिजिवि, कनुन व्यवसायी समेतको उपस्थितिमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले संस्थाको कार्यकारी समितिले प्रतिनिधि चयन गरि साधारण सभा सम्पन्न गर्ने गरि अधिकार प्रत्यायोजन गरि बाधा अड्काउ फुकाउ गरिदिए पनि २०७८ सालमा पुनः विश्व महामारीको रुपमा कोभिड १९ भाइरस फैलिएका कारण संस्थाको बार्षिक साधारण सभा सम्पन्न गर्न नसकिएको हो । साधारण सभा नभए पनि संस्थाको वद्धी विकास र हामीले चालेका बिकासका कुनै काममा बाधा परेको थियन ।

कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्था कोहलपुर–११, बाँकेको संचालन समितिमा तपाई २०७२/०९/२९गते निर्बिरोध निर्बाचित भै हालसम्म कार्यरत रहनु भएको छ । यसको स्थापना कहिले भएको हो ? संस्थामा हालसम्म के के काम गर्नु भयो ?
बाँके जिल्लाको सदरमुकाम नेपालगंज देखी १६ कि.मि उत्तरमा रहेको कोहलपुर नगरपालिका वडा नंं. ११, पश्चिम टाउन प्लानिङ्गमा संचालित छ । सर्वप्रथम संस्था आयोजनाको रुपमा निर्माण चरणमा सम्बत् २०६२ बाट प्रवेश गर्याे । प्रथम पटक निर्माण कार्य मिति २०६५ साल पौष ११ गते सम्पन्न भई आयोजना संचालनमा ल्याईएको थियो । यस संस्थाको स्थापना वि.स. २०५८ सालमा भएको हो । तत्कालिन समय ०६०/०६१ मा जिल्ला जलस्रोत समितिमा संस्था दर्ता गरिएको थियो ।यो सुर्खेत रोड र पूर्व पश्चिम राजमार्गको संगम स्थलमा पर्ने कोहलपुर नगरपालिकाको विकसित सहर हो । यहाँ हाल कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाबाट वितरित पम्पिंग प्रणालीको खानेपानी हाल ५२०० वटा धारा जडान भई उपभोक्ताले स्वच्छ खानेपानी सेवा प्राप्त गरेका छन् ।हामि यस संस्थामा २०७२/०९/२९ गते निर्बिरोध निर्बाचित भै आएका थियौ । संस्थामा आउदा बिगत स्थापना कालमा निर्माण भएका संरचना मध्ये ४०%संरचना जिर्ण भएका थिए करिव २२००जति धारा जडान भएकोमा१८००जति मात्रमा पानी सप्लाई भैरहेको थियो कार्यालय भवन जिर्ण र फर्निचर पनि जिर्ण रहेका थिए ।
१) हामीले संस्थाको कार्यालय भवनको माथी ३ कोठाको तला थपेर कार्यालय ब्यबस्थापन गरेका थियौ । सबै फाटमा फर्निचर ब्यबस्था गरेका छौ ।
२) हाल कोहलपुर वडा नं.१लाई समेत खानेपानीको सेवा क्षेत्र विस्तार गरेर जनतालाई खानेपानी उपलब्ध गराएका छौ ।
३) २०७३/०६/१३ मा नेपाल सरकारबाट निर्णय गराएर कोहलपुर चौराहदेखि उत्तरतर्फ बबरजङ भित्र पर्ने २ विघा जग्गा प्राप्त गरि रु.७४,६८९,५३०/–(सात करोड छयालीस लाख उनानब्बे हजार पाँच सय तीस रुपैयाँको लागतमा ३ वटा डिप बोरिङ्ग, १ वटा ओभरहेड टंकी, १ वटा पानी प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) समेत निर्माण गरि आयोजनाको निर्माण कार्य सम्पन्न भई पानी संचालन गराएका छौ ।
४) भुमीगत प्रणालीबाट संचालित खानेपानीको दिगो एवम स्थायित्व हुने सम्भावना नभएको हुँदा भेरी बबई डाईभर्सनबाट पानी ल्याउनको लागि मिति २०७६असार २७ गतेका दिन बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकबाट निर्णय गराई नेपाल सरकारको विभिन्न निकायमा निवेदन (फायल) पेश गरेका छौ ।
५) आ.व. २०७८/०७९ मा कार्यालय कम्पाउण्ड भित्र रु.१२,०००,०००।–(एक करोड बीस लाख रुपैयाँ)को लागतमा पानी प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) निर्माण गरिएको छ ।
६) संस्थामा मौजुदा ११ जना कर्मचारीबाट १८ जना कर्मचारी थप गरि २९ जनालाई रोजगारी दीइएको छ ।
७) हाल कोहलपुर बजार पूर्व पश्चिम, कालिकानगर, एकतानगर, विधुतमार्ग, विद्यानगर,रामनगर, आर.सी.टोल, चटारगाँउ, वडा नं. १२ चप्परगौडी लगायतको गाउँ तथा टोलमा चुनाका कारण पाईप जाम भई पानी सप्लाईमा कमी भएको हुँदा कोहलपुर चौराहको दक्षिण पट्टी नेपालगंज सुर्खेत राजमार्गमा पश्चिमदेखि पूर्वतर्फ राजमार्ग खनी रु.६५००००।– खर्च गरेर सडक भित्रबाट ह्युम पाईप हाली सकिएको छ ।लगभग ३२५०००।– बराबरको पाईप विस्तार गर्न बाँकी रहेको ब्यहोरा जानकारी गराउन चाहन्छु ।
८) हाल संस्थाको कार्यालय पुरै डिजिटल (अनलाईन) मार्फत संचालन गरिएकोे छ । उपभोक्ताको सुविधाको लागि घरमा बसीबसी मोवाईलबाट महशुल बुझाउने ब्यवस्था गरिएको छ । र ४८% (प्रतिशत) महशुल eSewa र IMe बाट प्राप्त भैरहेको छ । भने २ वटै आयोजनामा सी सी क्यामराबाट सेर्विलेंस सेवा संचालनमा छ ।
९) जीआईएस नक्सा बनाउने काम हाल सम्पन्न भएको छ जसले गर्दा संरचना कहाँकहाँ बिर्गेको छ कति साईजको पाईप हो कार्यालयबाट हेर्न मिल्छ ।
१०) उपभोक्ताले गुनांसो गर्नु परेमा संस्थाको कोड नम्बरबाट गुनांसो गर्न सकिन्छ र जसले गुनांसो गरेको हो उसको नाम र फोटो समेत कार्यालयको कम्प्यूटरमा वा.सम्बन्धित पदाधिकारीको मोवाईलमा देखिन्छ तर हाल फोटो स्क्यानिङ्ग गर्ने काम बाँकी छ ।
११) कोहलपुर नगरपालिका वडा नं. १,२,५ र ६ का सवै नागरिकलाई खानेपानी खुवाउने गरि १ वर्ष भित्र ७५०० देखि ८५०० धारा जडान गर्ने । १० वटा डिप बोरिङ्ग निर्माण गर्ने । ३ वटा ओभर हेड पानी टंकी निर्माण गर्ने । कम्तीमा पनि ५० किलो मीटरदेखि ७० किलो मीटरसम्म विभिन्न साईजका पाईपहरु विस्तार गर्ने कार्यालय परिसरमा थप ८ कोठा भएको दुई तले आधुनिक भवन निर्माण गर्न डी पी आर गरि सकिएको र्छे ।
१२) संस्थाको आफ्नै आन्तरिक कारण नभई नेपाल सरकार संघीय,प्रदेस सरकार,कोहलपुर नगरपालिका र नगर बिकास समिति कोहलपुरबाट विनियोजित हुने बजेट कार्यान्वयन गर्दा निर्माण कम्पनि वा उपभोक्ता समितिहरुले खानेपानीको संरचना बिगार्ने अधिकतम समस्याको निराकरण गर्नको लागि नेपालगंजस्थित खानेपानी डीभिजन कार्यालय बाट विभिन्न साइजको २२५६ मिटर करिब ८ लाख बराबरको खानेपानीको पाईप अनुदान सहयोग ल्याएको र टाउनको विभिन्न क्षेत्रमा मर्मतमा खर्च गरिएको ।
१३) नेपाल सरकार खानेपानी तथा ढल ब्यबस्थापन बिभाग काठमाण्डौबाट करिब २लाख ५० हजार बराबरको मेसिनरी सामान अनुदानमा पहल गरि ल्याईएको थियो ।
१४) कोहलपुर नगरपालिका वडा नं. १३ लाई पनि खानेपानीको सेवा क्षेत्र विस्तार गर्ने गरि डी पी आर को तयारी गरिएको छ ।
१५) सारमा आयोजनामा सुरुमा पाईपलाईन ६५००० मिटर थियो भने हाल १,२७,९२६ मिटर पुगेको छ भने ३,४६७ मिटर पुनरमर्मत गरिएको छ । ०७२/०७३ भन्दा हाल आय २७७।९८५बृदी भएको छ भने कर्मचारीको तलवमा २०९४।५१.५ वृद्धि भएको छ । साबिक भन्दा धारा २३,१११.५ बृदी भएका छन् ।
१६) संस्थामा पानी परिक्षण शाखा (Nofj) को स्थापना गरिएको छ । जसबाट १६ प्रकारका ल्यावहरु जांच गरिन्छ ।

समितिले भत्ता, तथा सेवा सुबिधामा बढी खर्च गरेको भन्ने कुरा के हो ?
यस संस्थामा प्रवेश गर्दा २०७२ साल माघ ४ गते देखि २०८० साल बैशाख ३१ गतेसम्म जम्मा वैठक २०७ पटक बस्यो । उक्त वैठकमा प्रस्तुत ६०६ प्रस्ताव उपर छलफल गरि निर्णयहरु कार्यान्वयनमा गईएको हो नेपालभरी यस्ता संस्था १५० भन्दा बढी रहेका छन् र सबै संस्थामा प्रायस् संस्थागत गाडी कुनैमा १र१ र कुनैमा २र२ वटा छन् संस्थामा कामको माग अनुसार गाडी राख्नुपर्ने आबस्यकता पनि छ तर हालको आर्थिक अवस्था अनुसार हामी गाडी राख्ने निर्णयमा पुगेनौ र हाम्रो कार्यकाल जेनतेन साझा गाडी प्राईबेट बाइकमा नै काम चलाएका थियौ ।भत्ताको रुपमा हामीले मिति २०७०/०१/१६देखि महिनामा जम्मा १पटक नियमित माषिक बैठकको रुपमा रु. १०००( मात्र यसैबाट नियम अनुसार करकट्टी गरि लिने निर्णय भएको हो भने अन्य कार्यालयहरुमा रु. १५००(दिने भएदेखि मात्र लामो समय पछी मात्र रु. १५००र(दरले बैठक भत्ता दिने निर्णय भएको । हालसम्म ८४ वटा बैठकको मात्र भत्ता लिईएको छ । संस्थाको कामका विभिन्न कार्यालयमा जानुपर्ने भएकोले पोसाक बनाईएको थियो । यो बाहिर आए जस्तै बढी भन्ने चाहि होइन । बढी त संस्था पुरै युद्दरत रुपमा खटेर भौतिक संरचना निर्माण र खानेपानीको समस्या हल गर्ने कुरामै लागेको हो खानेपानीको लागि हामी कहा गएनौ र के गरेनौ यो त बुझ्ने ले बुझेकै छन् अहिले कोहलपुरमा प्रतिसोध पूर्ण रुपमा नकारात्मत सन्देस फैलाउन केहि लागे सत्य त एउटै हुन्छ ।हामीले गरेको दुखको बोध नयाँ आउने समितिलाई मात्र भित्र गएपछी हुने छ ।

खानेपानीको केहि उपभोक्ताहरुबाट घरमा पानी नआएको भन्ने गुनासो पनि आईरहेको पाइन्छ कुरा के हो ?
हामीले संस्थाबाट हालसम्म जडान गरेका धाराबाट पानी खसालेर अब पिउन ठिक छ । प्रयोग गर्नुस भनि उपभोक्तालाई बुझायर फर्किन्छौ भने कुनै अर्जेन्ट समस्या बाहेक संस्थाको कारण पानी रोकिने बन्द हुने नजाने अवस्था आउदैन तर कोहलपुरमा संस्थाको आन्तरिक कारण भनेको चुनाको कारण पाईप जाम र पानीको मुहान सुकेर टाउनप्लानिंग भित्र केहि धारामा पानी गएको थियन हालसम्म मर्मत कार्य जारी छ । हाल पानी नजानुको संस्थाको आफ्नै कारण नभई नेपाल सरकारको संघ, प्रदेस, कोहलपुर नगरपालिका र नगर विकास समिति कोहलपुरबाट विनियोजित हुने बजेट कार्यान्वयन गर्दा निर्माण कम्पनि वा उपभोक्ता समितिहरुले खानेपानीको संरचना बिगार्ने अधिकतम समस्या रहेको छ । उप्त काम गर्दा खानेपानीको क्षती हुने स्थानको स्टिमेट नबनाउनु बजेट बिनियोजन गर्ने सम्बन्धितले बजेट खर्च बाहेक दिर्घकालिन सोच नराख्नुको कारण खानेपानी संस्थाको भौतिक संरचनामा ठुलो क्षति पुग्नु र उपभोक्ता मारमा पर्नु संस्थामा पुनर्निर्माणको लागि जगेडा रकम र जनशक्ति नहुनु आज खानेपानीको समस्या समाधानको लागि संस्था बाहेक अन्य कुनै निकाय जिम्मेवार नहुनुले समस्या परेको हो । जवसम्म कोहलपुर नगरपालिकाले नागरिकलाई खानेपानी पुर्याउनु मेरो प्रमुख दायित्व हो भनि अगुवाई गर्दैन तबसम्म यस्ता गुनासाहरु आईरहन्छन ।

Leave a Reply

Your email address will not be published.