कोहलपुर, जेठ १८,

अनलाईन मिडिया सम्पादन अभिवृद्धि प्रशिक्षण दाङको भालुवाङ्गमा जारी रहेको छ ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा प्रशिक्षण आयोजना गरिएको हो । गत जेठ १५ गतेदेखि सुरु भएको तालिमको चौथो दिन आज पनि अनलाईन मिडिया संचालन सम्बन्धि विभिन्न विषयमा सहभागिहरुलाई जानकारी गराईएको प्रशिक्षणमा सहभागि पत्रकार आरती कट्टेलले जानकारी दिईन् ।

अनलाईन खबरका समाचार सम्पादक किरण कौशल र सुफल काफ्नेले प्रशिक्षण दिईरहेका कट्टेलले बताईन् । उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन महासचिब बिक्रम खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.