कोहलपुर, जेठ १०
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ का विभिन्न वस्तीहरुका जेष्ठ नागरिकहरुको घरदैलो मै गएर स्वास्थ्य चेकजाँच गरिएको छ ।
वडाका ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । स्वास्थ्य चौकी प्रमुख सुधन बुढाथोकीको नेतृत्वमा उनीहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै निःशुल्क चेकजाँच, उपचार, परामर्श तथा औषधी वितरण गरिएको बुढाथोकीले जानकारी दिएका छन् । वडाभित्रका दुर्गम वस्तीमा पुगेर जेष्ठ नागरिकहरुको सुगर, प्रेसर, जस्ता सेवाहरु प्रदान गरिएको बुढाथोकीले बताए ।
स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिएको उनले बताए । अधिकांश जेष्ठ नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो मै गएको उनको भनाई थियो ।