कोहलपुर, जेठ ३,

माननिय सांसद सुर्य प्रसाद ढकालले सफा र स्वस्थ खानेपानिको लागि सधै सडकदेखि सदनसम्म पहल गरिरहेको बताएका छन् ।

कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्था कोहलपुर ११ बाँकेको उद्घाटन समारोशमा बोल्दै कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाले सधै गुणस्तरीय पानी उपभोक्तालाई उपलब्ध गराउनु पर्ने बताउदै कोहलपुरका खानेपानी क्षेत्रभित्रका कुनै पनि घरधुरीलाई खानेपानीबाट वन्चित नगर्न आग्रह गरेका हुन् । संस्थाका अध्यक्ष नर बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहेका ढकालले समग्र बाँके क्षेत्र नम्बर १ को विकासका लागि जोडदार माग गरिरहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७१÷०७२ देखि हालसम्म भएका भौतिक विकासमा भएको प्रगती विवरण प्रस्तुत गरिएको थियो । कोहलपुरलाई खानेपानीको सेवा क्षेत्र विस्तार गर्दै कोहलपुर चौराहदेखि उत्तरतर्फ २ विघा जग्गा प्राप्त गरि रु.७४,६८९,५३०÷– (सात करोड छयालीस लाख उनानब्बे हजार पाँच सय तीस रुपैयाँको लागतमा ३ वटा डिप बोरिङ, १ ओभरहेड टंकी, १ वटा पानी प्रशोधन केन्द्र ( ट्रिटमेन्ट प्लान्ट) समेत निर्माण गरि पानी संचालन भएको गरिएको प्रतिवेदन मार्फत सार्वजनिक गरिएको हो ।

मंगलबार नै समापन हुने साधारण सभा बुधबार पनि जारी रहेको छ । ८ वर्षपछि हुन लागेको साधारणसभा तथा अधिवेसनको पहिलो दिन (मंगलबार) कार्यक्रम संचालनका दौरानमा विवाद उत्पन्न भएपछि आजसम्मका लागि स्थगित गरीएको थियो । कार्यक्रमकाे संचालन सचिब प्रेम प्रसाद कटुवालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.