कोहलपुर, जेठ २,
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. २ मा लागू औषध दुव्र्यसन सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
वडाको शिवशक्ति महिला सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा सचेतना मुलक कार्यक्रम भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका वडा नं २ को संयुक्त आयोजनामा लागू औषध दुव्र्यसन तथा ओसार पसार नियन्त्रण र न्यूनीकरण सम्बन्धि सचेनामूलक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा लागू औषध दुव्र्यसन तथा ओसारपसारको विद्यमान अवस्था र अभिभावकले ध्यान दिनुपर्ने विषयमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारीले प्रस्तुतीकरण गरेका थिए ।
तिवारीले लागु औषध सेवन गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउँदैं लागु पदार्थका दृष्टिकोणले बाँके जिल्ला संवेदनशिल र खतरापूर्ण रहेको बताए । लागु पदार्थ रोकथाम र नियन्त्रणका अनेकौं चु्नौती रहेको भन्दै तिवारीले लागु पदार्थको उच्च जोखीममा रहेका समुदाय र वर्ग लक्षित कार्यक्रम मार्फत रोकथाम र न्यूनीकरण गर्न सकिने बताए । युवायुवतीहरु जानजानी वा साथीभाइहरुको संगत, करकाप र दवावमा परी लागू पदार्थको दुव्र्यसनीमा फस्र्दै आएका उनको भनाई थियो ।
यसरी यूवापुस्ताहरु दुव्र्यसनीको चपेटामा फस्दै जानुले उनीहरुको स्वस्थ्यमा मात्र नभई देशको समग्र विकासमा समेत समस्याहरु थपिदै आएका तिवा।ी बताए । उनले भने,–‘यसरी लागू पदार्थ दुव्र्यसनीको संख्या दिनहुँ बढ्दै जानुले सामाजिक, सांस्कृतिक, आर्थिक लगायतका विविध पक्षमा प्रभाव परिरहेको छ ।’ उनले लागु औषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन ? यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा जानकारी दिएका थिए ।
कार्यक्रमका अध्यक्ष तथा बैजनाथ गाउँपालिका वडा नं २ का अध्यक्ष राजु रुचालले यस किसिमका सचेतनामूलक कार्यक्रमले सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान दिने धारणा व्यक्त गरे ।