कोहलपुर, जेठ २,
पोखरीमा डुबेर बाँकेकी एक महिलाको रोल्पामा मृत्यु भएको छ
रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएकी उनको पोखरीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । श्रीमान् र नाबालक छोरासँग सुनछहरी झरना हेर्न गएकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
चन्द्राका श्रीमान् उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् । नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल ईलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घण्टाको पैदल दूरीमा छ ।