कोहलपुर, बैशाख ३१,
अखिल( क्रान्तिकारी ) दक्षिण कर्णाली ब्युरो समिती सुमधुरी थारुको हत्या प्रकरण बारे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल( क्रान्तिकारी ) दक्षिण कर्णाली ब्युरो समितीले एक प्रेस विज्ञप्ती जारी गर्दै कोहलपुर नगरपालिका वडा नं ६ रजेना बाँके घर भएकी कैपाल कलेजमा अध्यनरत २२ वर्षिया छात्रा सुमधुरी थारुको हत्या प्रकरणमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा लेखिएको छ ‘बर्दिया जिल्ला राजपुरका अन्दाज बर्ष २४ का शैलेन्द्र थारुले छात्रा समधुरी थारुको कोठामा गहि बलात्कार पछि निर्घात रुपमा कुटपिट गरि हत्या गरिएको घटना प्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
घटना घटाएर फरार फरार भएका शैलेन्द्र थारुको तत्काल खोज तलास गरि दोषि माथी सत्य तथ्य छानबिन गरि समुधरिको हत्यारालाई छिटो भन्दा छिटो कारवाही गर्न सरकारसँग जोडदार माग गरेको छ । अखिल (क्रान्तिकारी) छात्रा बिभाग प्रमुख रुपा सीद्धारा हस्ताक्षेरित विज्ञप्तीमा दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । घटनाको व्यवास्ता गरि दोषिमाथी कारवाही नभएको खण्डमा हाम्रो संगठनले चरणबद्द आन्दोलन गर्ने समितिले जनाएको धनजित सिले बताए ।