कोहलपुर, बैशाख १२,
अब नेपालबाट मूलको पानी पनि विदेश निर्यात गर्न सकिने भएको छ ।
विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित भएसँगै निर्यातको बाटो खुलेको हो । यसबाट विदेशी मुद्रा आर्जनमा पनि सहयोग पुग्नेछ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा बसेको गुणस्तर परिषद्को १ सय ८औँ बैठकले पारित गरेको हो । विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्दै आएको छ।
परिषद्को सदस्यसचिव विभागको महानिर्देशक हुने प्रावधान छ । विभागका महानिर्देशक दीनानाथ मिश्रका अनुसार विभागको प्राविधिक परिषद्ले धेरै वस्तुको गुणस्तर पारित गरे पनि नेपाल गुणस्तर परिषद्को बैठक समयमा बस्न नसक्दा कतिपय गुणस्तर पारित हुन सकेका छैनन् ।