कोहलपुर, बैशाख १२,

शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ तारिखलाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अति महत्त्वाकाङ्क्क्षी लक्ष्य लिएको छ । यो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ ।

स्वास्थ्य सेवा विभाग, ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहाल औलो रोग निवारण गर्न आयातित औलो चुनौतीका रूपमा रहेको बताउनुहुन्छ । उहाँका अनुसार पछिल्लो समय औलोको जोखिम तराईमा मात्र होइन, पहाड र हिमाली क्षेत्रमा समेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published.