कोहलपुर, बैशाख १२,

त्रिभुवन विमानस्थल धावनमार्ग जाँच गर्ने क्रममा मरेको चरा भेटिएको छ ।

विमानस्थलको कोटेश्वरतर्फको धावनमार्गमा एउटा मरेको चरा भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । काठमाण्डौ विमानस्थलबाट टेक अफ गर्ने बित्तिकै इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति सुरक्षित अवतरण भएको छ ।

नेपाली समय अनुसार राति २ बजे (स्थानीय समय राति १२ बजेर ११ मिनेटमा) विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । फ्लाई दुबईको बोइङ ७३७ विमान हिजो राति ९ बजेर १९ मिनेटमा उडेको थियो । ९ बजेर २० मिनेटमा नै पाइलटले इन्जिनमा समस्या आएको भन्दै सिङ्गज इन्जिनले मात्रै काम गरिरहेको जानकारी विमानस्थल टावरलाई गराएका थिए । लगत्तै इन्जिनमा आगोको झिल्कोसहित पड्किएको ठूलो आवाज बाहिरै सुनिएको थियो ।

त्यस पछि पाइलटले धादिङको धार्केमाथिको आकाशमा १० मिनेट विमान होल्ड गराए । त्यतिबेलासम्म त्रिभुवन विमानस्थलमा विमानलाई आकस्मिक अवतरण गराउने तयारी स्वरुप अन्य उडान अवतरण बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.