कोहलपुर, बैशाख ११,
बैजनाथ गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष देव बहादुर रावतले बैजनाथको विकासका लागि संघीय मन्त्रालयहरुमा योजना तथा बजेट माग गरेका छन् ।
पछिल्लो समय वडा अध्यक्ष रावतले खानेपानी तथा ढल निकास बिभागका कार्यकारी रामाकान्त डुवानीसँग बैजनाथ गाउँपालिका भित्र खानेपानी तथा ढल निकास सम्बन्धि योजनाहरुका विषयमा छलफल गरिएको जानकारी गराएका छन् । उनले स्थानीय स्तरमा खानेपानीको समस्या न्यूनिकरण गर्न तथा स्वास्थ्कर पानीको व्यवस्थापन गर्नाका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न अनुरोध गरिएको जानकारी गराए ।
त्यसै गरी रावतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तगर्त बैजनाथ गाउँपालिकाका वडा नं. ६ र वडा नं. ५ ने. रा. मावि गुरुवागाउँमा आइसिटी ल्याब संचालन गरिने बताए।आइसिटी ल्याबका लागि आवश्यक पहल समेत गरिएको समेत जानकारी गराएका छन् । आइसिटी ल्याप संचालन गर्नाका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री रेखा शर्मासँग आवश्यक सहकार्य तथा समन्वय गरिएको जानकारी गराएका छन् ।