कोहलपुर, बैशाख १०,
ईस्लाम धमा{वलम्बीहरुको सबैभन्दा ठूलो पव{ ‘ईद–उल–फित्र’ ईद नेपालगञ्जको ईदगाहस्थित मस्जिदमा सामुहिक नमाज पढेर ईद मनाउन सुरु भएको छ ।
पवित्र महिना रमजानको एक महिना लामो कठोर उपबास (रोजा) पछि नेपालगञ्जको ईदगाह मस्जिदमा विहान साढे ८ बजे ‘ईद–उल–फित्र’ ईदको सामुहिक नमाज सुरु भएको थियो । ईस्लामीक धामि{क पात्रो हिजिरीका अनुसार २९ रोजाको दिन साँझ चन्द्रमा हेरेर अको{दिन ईद मनाईने परम्परा भएको मुस्लिम धम{गुरु तथा मदरसा दारुल उलुम बरकातिया माविका प्रधानाध्यापक मौलाना ज्याउल मुस्तफा नूरानीले जानकारी दिए ।
अरबी पात्रो अनुसार रमजान नवौं महिना हो । आत्म संयम र शुद्धिका लागि नवौं महिनामा एक महिना भरी रोजा बसी दशौं महिनाको पहिलो दिन ईद मनाउने चलन रहेको छ । रमजान सकिएको खुशियालीमा ईदगाहमा जम्मा भएर सामुहिक रुपमा प्राथ{ना गरी एक आपसमा शुभकामना साटासाट गने{ चलन रहेको छ । अरबीपात्रो हिजरी संवत अनुसार दशौँ महिना (सौवाल) मा देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीवा{द लिएर इद उल फित्र पव{ मनाउँछन् । दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीवा{द लिइन्छ ।
यस पव{मा आफूभन्दा सानालाई आशीवा{द दिने गरिन्छ । आशीवा{द लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खानदिने चलन छ । यस पव{को अको{ उल्लेखनीय पक्ष दीनदुःखीलाई दानदिनु हो । यस पव{मा मुसलमान धमा{वलम्बीले एक वष{ भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गन{ुपने{ विधान धम{ग्रन्थ कुरआनमा उल्लेख गरिएको छ । यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखीलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । बिहान सूयो{दय अघि र बेलुकी सूया{स्तपछि मात्र मुसलमानहरुले रमजान महिनामा भोजन गछ{न्