कोहलपुर, बैशाख ७,
नेपाल कम्युनिस्ट पार्टी बाँकेले वित्तीय संकट विकृती र यसको समाधानको उपाय विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी बाँकेको आयोजनामा लेनिन जयन्ती तथा ७५औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको हो । बाँके जिल्ला सेक्रेटरी कल्पना सिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली ब्यूरो इन्चार्ज संगम सि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिती संगमले मुलुकमा देखिएको वित्तीय संकट समाधानका लागि राज्य सहित सरोकारवाला सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
सहकारीसँगै समग्र वित्तीय क्षेत्रमा देखिएको समस्याका बारेमा चर्चा गर्दै संगमले मुलुकको वित्तीय संकट समाधान गर्न सबै पक्ष लाग्नु पर्ने बताएका हुन् । वित्तिय संटक समाधानका लागि आफ्नो पार्टीले पहल गर्दै आईरहेको बताउँदै उनले समस्या समाधानका लागि सबै पक्षलाई सहयोग गर्न आव्हान गरेका छन् । उनले आफ्नो पार्टी चर्काे व्याजदरका विरुद्धमा लागेको बताउँदैं समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी दिए ।
यस्तै कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य बाँके जिल्ला इन्चार्ज रणदिपले सहकारी तथा वित्तिय क्षेत्रका कमी कमजोरीहरूको खबरदारीसँगै गर्दै आएको बताए । कार्यक्रममा कोहलपुर स्वास्थ्य शाखा इन्चार्ज अनिल सेन ठकुरी लगायतका अतिथी रहेका थिए । कार्यक्रमको संचालन अखिल क्रान्तिकारी दक्षिण कर्णाली ब्युरो इन्चाज धनजित सिले गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी बाँकेले आफ्नो स्थापना दिवस साप्ताहिक रुपमा मनाईरहेको छ ।