बिधुत्मा रैका,
कोहलपुर, बैशाख ६,
बाँके लुम्बिनी प्रदेशको प्रमुख शहर तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको केन्द्र बिन्दुको रुपमा रहेको प्रमुख ब्यापारिक केन्द्र तथा सबैभन्दा महत्वपूर्ण जिल्ला हो । नेपालगंज बाँकेको सबैभन्दा ठुलो, विकसित, चेतनशिल तथा शिक्षित शहरका रुपमा लिईन्छ । तथा सोही महानगरपालिकाको वडा नम्बर २३ को अवस्था भने खासै सुध्रिएको छैन । राज्यको पुर्नसंरचना पछि जनप्रतिनिधि आए । एक कार्यकाल सकिएर स्थानीय सरकारको दोस्रो कार्यकालको करिब एक वर्ष पुग्नै लागेको छ ।
सिंह दरबारका सेवाहरु गाउँमै पुगे पनि व्यक्तिगत तथा सामाजिक विकासमा भने यो वडा अझै पछाडि रहेको छ । मानिस एक चेतनशील, गतिशील र परिवर्तनशील प्राणी हो । तर पनि यहाँका नागरिकहरुले यसको अनुभुति गर्न सकेका छैनन् । राज्यको नजरमा पछि परेका तथा पटाडि पारिएका मधेसी, मुस्लिम र मधेसी दलित समुदायका मानिसहरुको अवस्था निकै कष्टकर छ । यहाँका गरिब र बिपन्न परिवारका बालबालिकाको शिक्षा दिक्षामा समेत चेतना स्तरको कमीका कारण हुर्काई बढाई तथा पढाईलाई प्रत्यक्ष असर गरिरिरहेको छ । यहाँ विषेश गरि सरसफाईको कमी छ ।
यहाँका मानिसहरु तथा बालबालिकाहरुलाई सफा रहनु पर्छ भन्ने चेतना अझै पुग्न सकेको छैन । यति मात्रै होइन त्यहाँको अव्यवस्थित लेन्डफिल्ड साईडका कारणबाट यहाँका अधिकांस गाउँ बस्तीमा छाला रोग र अन्य संक्रमण रोगको शिकार बन्ने गरेका छन् । यहाँको स्वास्थ्य, शिक्षा, सरसफाईका साथै भौतिक पूर्वाधारहरुमा सुधार तथा विकास हुन सकेको छैन । यो वडामा हरेक स्थानहरुमा फोहोरका थुप्रा भेटिने गरेका छन् । यहाँका बालबालिका, महिला, मधेशी दलित समुदायको जनजीवन पनि लथालिङ्ग छ ।
राज्यको पुर्नसंरचना पछि स्थानीय सरका आएको पनि करिब ६ वर्षभन्दा धेरै भैसकेको छ । त। पनि यहाँका नागरिकहरुलेस्थानीय सरकार आएको महशुृस गर्न पाएका छैनन् । ८५% मुस्लिम, १४.५ प्रतिशत मधेशी दलित र ०.५ प्रतिशत पहाडी क्षेत्री समुदाय रहेको वडा हो यो । यो वडामा अझै पनि गरिबी पछौटेपन जस्ता विभिन्न समस्याहरु जस्ताका त्यस्तै छन् । बालबालिकाहरु विद्यालय जाने समयमा पनि बाहिर तथा गाईभैँसीहरुको गोठाला बसेको देख्न पाईन्छ ।
स्रोत–खिल प्रसाद भुसाल, नेकपा एमाले