कोहलपुर, बैशाख ६,
मानिसको जीवनमा हुने व्यक्तिगत घटनाहरु दर्ता गराई प्रमाणपत्र लिन कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आग्रह गरेका छन् ।
आफ्नो वडा कार्यालयमा रहेकोे स्थानीय पञ्जिकाधिकारी समक्ष गै व्यक्तिगत घटना समयमै दर्ता गराउँन नगर प्रमुख आचार्यले आग्रह गरेका हुन् । आचार्यले जन्म, विवाह, बसाइँसराइ, सम्बन्धविच्छेद र मृत्यु गरि ५ प्रकारका व्यक्तिगत घटनाहरु ३५ दिन भित्रै दर्ता गराउँन सुझाव दिएका छन् । जन्म तथा विवाह भएको मितिले ३५ दिन भित्र सम्बन्धित गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतको वडा कार्यालयमा गै बनाउन सकिने उनको भनाई थियो ।
व्यक्तिगत घटना भएको ३५ दिनभित्र घटना दर्ता गर्दा निःनिशुल्क हुने तर ३५ दिन कटेपछि शुल्क लाग्ने बताउँदैं उनले व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ जस्ता मानिसका नीजि घटना समयमै दर्ता गराउँन आवश्यक रहेको उल्लेख गरे । व्यक्तिगत घटना दर्ता नगर्दा व्यक्तिले राज्यवाट पाउने सेवा सुविधा पाउनबाट वञ्चित हुने उनले बताए ।
बाबु÷आमाको नेपाली नागरिकताको प्रतिलिपिसहित बाबु वा आमा स्वयंको उपस्थितीमा जन्म दर्ता गराउदैं आएको उपप्रमुख संगीता सुवेदीले बताईन् । कुनै पनि नागरिक राज्यबाट पाउने सुविधाबाट वञ्चित हुन नपरो भन्दै उपप्रमुख सुवेदीले आमाको नाम वा मावली थरबाट बच्चाको जन्म दर्ता हुँदै आएको जानकारी गराईन् । जहाँ व्यक्तिको स्थाई ठेगाना छ सोही ठाउँमा गएर आफ्नो वयक्तिगत घटना दर्ता गराउँन सुवेदीले आग्रह गरिन् ।