कोहलपुर, बैशाख ६,

व्यवसायिक हक हित संरक्षण समितिको बैठकले व्यवसायीक हितका लागि विभिन्न निर्ण गरेको छ ।

बैक बित्तिय संस्थाहरूले कायम गरेको अमर्यादित व्याजदरको बिरोध स्वरूप चरणबद्ध आन्दोलनकासहित बिरोध तथा प्रदर्शन गर्दै आईरहेको समितिले झन शशक्त रूपमा विरोधसहितका गतिवीधिहरू गर्ने निर्णय गरेको छ । जिल्लाका सम्पूर्ण उद्योग वाणिज्य संघको अबको एक हप्ताभित्रै बैठक बसेर आन्दोलनका कार्यक्रम अघि सार्ने निर्णय गरेको समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.