Featured Video Play Icon

कोहलपुर, बैशाख ६,

‘आउँछु भेट्न भोलि भन्थेउ, भोलि पर्खिदैछु’ बोलको गीत सार्वजनिक भएको छ ।

हार्दिक शुभकामना छ प्रियहरु, आउँछु भेट्न भोलि भन्थेउ, भोलि पर्खिदैछु बोलको गीत गएको आइतबार मात्रै त्रिमुर्ति इन्टरटेनमेन्ट युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । वसन्त न्यौपानेको शब्द रहेको ‘आउँछु भेट्न’ बोलको गीतमा प्रेमिल भाव समेटिएको छ । न्यौपानेको शब्द रहेको गीतमा राधिका भण्डारीले आवाज दिएकी छिन् । त्यस्तै, गीतको संगीत तथा संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन् ।

‘म्युजिक किचन’ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मनोज परियारले मास्टरिङ गरेका हुन् । गीतको भिडियोमा गायिका राधिका भण्डारीले नै अभिनय गरेकी छिन्। उत्तम अधिकारीको निर्देशन रहेको भिडियोलाई प्रवेश अधिकारीले खिचेका हुन भने यसको सम्पादन तथा रंग संयोजन राजेश कुमारले गरेका छन् ।

Leave a Reply

Your email address will not be published.