कोहलपुर, बैशाख ५,
शिव कुमार शर्मा दाहाल प्रथम स्मृति दिवसको अवसरमा स्मृति सभा एवं स्मृतिग्रन्थ विमोचन गरिएको छ ।
सोमबार एक कार्यक्रमका बिच स्मृतिग्रन्थ विमोचन गरिएको हो । शिवकुमार शर्मा दाहालका जेष्ठ सुपुत्र केशव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा बाँके क्षेत्र नं.१ का प्रदेश सभा सदस्य माननीय कृष्णा के.सी. नमुना प्रमुख अतिथी रहेकी थिईन् । भने कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदी विशिष्ट अतिथी रहेकी थिईन् ।
स्मृति सभामा कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्र कुमार शाह, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जान, साहित्यकारहरु, देवकी निरौला, जीतबहादुर शाह, बलराम काफ्ले, सागर गैरे, देवेन्द्र आचार्य, वीरेन्द्र शाही, विक्रम शिशिर लगायत ८० जना भन्दा बढी साहित्यानुरागी, दाहाल प्रतिष्ठानका व्यक्ति लगायतको उपस्थिति रहेको थियो ।